सोमबार, ११ असार, २०७५ Monday, 25 June, 2018

ट्रम्पसँग वार्ता गर्न सिंगापुर पुगे नेता किम (फोटोफिचर)

जन्मजात अमेरिकीलाई आफ्नो शत्रु ठान्ने उत्तर कोरिया र अमेरिकी नेताबीचको आगामी मंगलबार सिंगापुरको एक टापुमा पहिलोपटक प्रत्यक्ष वार्ता हुँदैछ ।
फोटो : सूचना तथा सन्चार मन्त्रालय सिंगापुर/एपी

सिंगापुर, २७ जेठ । उत्तर कोरियाका शासक किम जोङ उन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग वार्ता गर्न सिंगापुर पुगेका छन् ।

विश्वकै लागि चासोको विषय बनेको अमेरिका–उत्तर कोरियाली ऐतिहासिक शिखर वार्ताका लागि आइतबार (आज) नेता किम सिंगापुर पुगेका हुन् ।

World News Kim jong un via sancharkarmi photo APउत्तर कोरियाली नेता किम सिंगापुर आइपुगेको सिंगापुरको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी वक्तव्यअनुसार किमले सोमबार (भोलि) सिंगापुरका प्रधानमन्त्रीसँग छलफल गर्नेछन् ।

world news via sancharkarmi

नेता किमलाई सिंगापुरमा स्वागत गर्न बसेका उत्तर कोरियाली समर्थक । फोटो : सूचना तथा सन्चार मन्त्रालय सिंगापु/एपी

जन्मजात अमेरिकीलाई आफ्नो शत्रु ठान्ने उत्तर कोरिया र अमेरिकी नेताबीचको आगामी मंगलबार सिंगापुरको एक टापुमा पहिलोपटक प्रत्यक्ष वार्ता हुन लागेको हो । वार्तास्थलमा सिंगापुर सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ भने हवाइए गस्ती पनि जारी राखेको छ ।

World News Kim jong un via sancharkarmi photo AP

फोटो : सूचना तथा सन्चार मन्त्रालय सिंगापु/एपी

यता, अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत किमसँगको शिखर वार्ताका लागि सिंगापुर आउन तयारी अवस्थामा रहेको जानकारी दिएको छन् । उनले किमसँगको भेट उत्तर कोरिया र बाँकी विश्वका लागि अमूल्य हुने टीप्पणी गरेका छन् । 

TrumpKim summit via sancharkarmi

फोटो : नर्थ कोरिया (एनके) न्यूज

TrumpKim summit via Sancharkarmi

फोटो : नर्थ कोरिया (एनके) न्यूज

World news via Sancharkarmi

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा