मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

कोरियन भाषा परीक्षा दिने ४७ नक्कली विद्यार्थी पक्राउ

परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ
फाइल फोटो | वेव

काठमाडौं, २६ जेठ । महानगरीय प्रहरी परिसर काठमाडौं नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । 

परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडाैंका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई हिजो दिउँसो नियन्त्रणमा लिएको हो । 

परिसरका प्रवक्ता मोहनकुमार थापाले सातवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिए । 

तीमध्ये जेभियर इन्टरनेशनल स्कुल, बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नोवेल एकेडेमी नयाँ बानेश्वरबाट पाँच, युनिभर्सल कलेज, मैतीदेवीबाट पाँच, जेभियर इन्टरनेशनल कलेज, कालोपुलबाट चार र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट आठजनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा