सोमबार, ११ असार, २०७५ Monday, 25 June, 2018

डा. देवकोटालाई जन्मथलो गोरखा लगिदै

उनकै इच्छाअनुसार आजै हेलिकप्टरमार्फत जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लैजान लागिएको हो । 
फोटो : पदमराज जोशी/फेसबुक

काठमाडौं, २६ जेठ । वरिष्ठ न्यूरो सर्जन प्रा.डा.उपेन्द्र देवकोटालाई उनका परिवारले जन्मथलो गोरखा लगिएको छ । 

डा. देवकोटालाई उनकै इच्छाअनुसार शनिबार (आजै) हेलिकप्टरमार्फत जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लैजान लागिएको हो । 

देवकोटाले  आफ्नो गाउँ र जन्मघरमा जाने इच्छा देखाएपछि त्यहाँ लैजान लागिएको  अस्पताल पारिवारले जनाएको छ । उनको बाँसबारीस्थित ‘नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेस’ (न्यूरो) अस्पतालमा सघनकक्षमा उपचार हुँदै आएको छ । 

शुक्रबार उनको निधन भएको खबर सामाजिक सन्जालमा देखिएपछि अस्पतालले विज्ञप्तीमार्फत प्रा.डा.देवकोटाको स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा