मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

हराएको मोटरसाइकल १९ दिनपछि भेटियो

फाइल फोटो /वेब

पोखरा, २५ जेठ । फलेवास गाउँपालिका– १ घर भई हाल पृथ्वीचोक बस्दै आएका शेषकान्त शर्माको मोटरसाइकल १९ दिनमा भेटिएको छ । 

पोखरा लेखनाथ महानगरपालिका –२५ हेमजा मिलनचोकमा बेवारिसे अवस्थामा पार्किङ गरेको ग१३प ७१५६ नम्बरको १८० सिसीको पल्सर मोटरसाइकल वडा प्रहरी कार्यालय बगरको टोलीले फेला पारेको प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए । 

फेला परेको मोटरसाइकल प्रहरीले आज उक्त मोटरसाइकलका धनीलाई बुझाएको हो । 

उन्नाइस दिनअघि पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीलाई खाना खुवाएर फर्कंदा आधा घण्टाको समयावधिमा पार्किङस्थलबाटै मोटरसाइकल हराएको थियो । 

केही दिनअघि पनि पोखरा– २५ मा नै बगर प्रहरीले फेला पारेको ग१४प ५५६५ नम्बरको पल्सर मोटरसाइकल सवारी धनी सञ्जोग थापा मगरलाई बुझाइएको प्रहरी नायब निरीक्षक नरेन्द्रजङ्ग कार्कीले जानकारी दिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा