मंगलबार, ९ असोज, २०७५ Tuesday, 25 September, 2018

बोल्न नसक्ने 'कमेडियन' ले जिते २०१८ को ‘ब्रिटेन्स गट ट्यालेन्ट'

तीन करोड ६० लाख पुरस्कार जित्नुका साथै राजपरिवारका लागि आफ्नो कला प्रस्तुत गर्ने अवसर पाए
फोटो: युट्युब भिडियो स्क्रिनसट

बीबीसी, २१, जेठ । मस्तिष्क पक्षाघातको कारणले बोल्न सक्ने क्षमता गुमाएका ३७ वर्षीय कमेडियन, लि रिडले “लस्ट भोइस गाइ” ले सन् २०१८ को ‘ब्रिटेन्स गट ट्यालेन्ट“ को उपाधि जितेका छन् ।

भोइस सिन्थेसाइजरको सहयोगले मात्र बोल्न सक्ने लिले दुई लाख पचास हजार पाउण्ड करिब नेपाली तीन करोड ६० लाख पुरस्कार जित्नुका साथै राजपरिवारका लागि आफ्नो कला प्रस्तुत गर्ने अवसर पनि पाएका छन्  

britains got talent, sancharkarmi.com, sancharkarmi

प्रतियोगितामा अर्का कमेडियन रोबर्ट ह्याइट र गायक डन्जेज डेक्रिज क्रमश दोस्रो र तेस्रो भए  

प्रत्यक्ष भोटमा सबै भन्दा बढी भोट प्राप्त गर्दै लिले उपाधि जितेका हुन्, १२ औं संस्कारणसम्ममा लि नै पहिलो कमेडियन हुन् जसले यो उपाधि जित्न सफल भए   यस अघिका संस्कारणहरुमा गायकहरुको वर्चस्व रहँदै आएको थियो  

britain's got talent, sancharkarmi.com

उपाधि जितेपछि कार्यक्रमका सन्चालक डेकसंग भोइस सिन्थेसाइजरको सहयोगले पहिलो प्रतिक्रिया दिदैं उनले भनेका छन्, “ म निर्णायकहरु र सर्वसाधारणहरुको सहयोगप्रति नतमस्तक छु”  

“ म महारानीको अगाडि मेरो प्रस्तुति दिन एकदमै उत्साहित छु “ 

प्रतियोगिताको फाइनलमा उनको अनुहारमा चोट लागेको देखिन्छ जुन उनको सेमिफाइनलको प्रस्तुतिपछि लडेर भएको थियो  

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा