सोमबार, ११ असार, २०७५ Monday, 25 June, 2018

काठमाडौंबाट हराएको मोटरसाइकल मेलम्चीमा पक्राउ

जाँचगर्ने क्रममा नक्कली नम्बर प्लेट राखी हिँडेका तामाङलाई मेलम्ची ट्राफिक प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
प्रतीनिधीमुलक फोटो | वेब

मेलम्ची, ९ जेठ । ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित मंगलबार एकजनालाई पक्राउ गरेको छ । 

नियमित चेकजाँचको क्रममा बा ७३ प ८९५४ नम्बरको २२० सिसीको कालो–निलो पल्सर मोटरसाइकलसहित मेलम्ची–३, हैबुङका २५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको सिन्धुपाल्चोक जिल्लाका ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी दिए ।

जाँचगर्ने क्रममा नक्कली नम्बर प्लेट राखी हिँडेका तामाङलाई मेलम्ची ट्राफिक प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । 

काठमाडौँको चावहिलबाट हराएको उक्त मोटरसाइकल धनी रामेछाप जिल्ला टेकनपुर घर भएका धनबहादुर थापामगर भएको ट्राफिक प्रहरी प्रल्हाद दाहालले जानकारी दिएका छन् । -रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा