सोमबार, ११ असार, २०७५ Monday, 25 June, 2018

विराटनगरस्थित भारतको स्थल कार्यालय बन्द

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाख २८–२९ मा भएको नेपालको राजकीय भ्रमणका अवसरमा सो कार्यालय हटाउने भारत सरकारको निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका सो मन्त्रालयले जनाएको छ । 
फाईल फोटो | वेब

काठमाडौँ, ८ जेठ : भारत सरकारले विराटनगरस्थित आफ्नो स्थल कार्यालय (क्याम्प अफिस) बन्द गरेको छ । 

नेपालस्थित भारतीय दूतावासले २०६५ साउनमा कोशी नदीमा भीषण बाढी आएकोे अवस्थामा खोलेको ‘फिल्ड अफिस’को उद्देश्य पूरा भएकाले बन्द गरिएको र त्यहाँका कर्मचारीलाई सरुवा गरिएको भारतीय विदेश मामिला मन्त्रालयका प्रवक्ताले सोमबार जनाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यालय चाँडै हट्ने जनाउँदै आएका थिए । नेपालले सो कार्यालय हटाउन पटक पटक आग्रह पनि गर्दै आएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाख २८–२९ मा भएको नेपालको राजकीय भ्रमणका अवसरमा सो कार्यालय हटाउने भारत सरकारको निर्णयबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका सो मन्त्रालयले जनाएको छ । 

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि सो कार्यालय हटाउन कूटनीतिक पहल गरको थिए । -रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा