मंगलबार, २५ मङ्सिर, २०७५ Tuesday, 11 December, 2018

सार्वजनिक शौचालय खोई सरकार ?

प्रतिनिधिमुलक शौचालय फाइल फोटो | वेब

सन्दर्भ एकहप्ता अघिको हो । काम बिशेषले बिहानै बानेश्वर आउनुपर्यो । काठमाडौमा अधिकांश घरहरुमा पानी छैन् । भएपनि समयमै शौचालय जान लाइन बस्नुपर्ने अवस्था छ । एकाबिहानै हतारमा बस चढेँ तर मलाई शौचालय जानुपर्ने भयो ।जसोतसो बानेश्वर त आइपुगेँ । वरीपरी कतै शौचालय छ की भनेर खोँजेपनि तर कतैपनि भेटिन ।

त्यसपछि म हतार–हतार टेम्पो चढेर भृकुटीमण्डप आइपुगेँ । सिधै दायाँ बायाँ नहेरी रत्नराज्य क्याम्पसको शौचालय छिरेँ ।

देशकै राजधानी त्यो पनि स्मार्ट सिटि बनाउने सपना देख्ने सरकारले काठमाडौं मै सार्वजनिक शौचालय नबनाएको देख्दा आफैदेखि रिस उठ्यो । स्मार्ट सिटिको सपना देख्ने अनि काठमाडौंका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउन नसक्ने सरकारबाट अरु पूर्वाधारको के आशा राख्नु ?

नाम  : रमेश कट्टेल
स्थाई घर सोलुखुम्बु हाल काठमाडौं, कंलकी


यो समाचार होइन । पाठकहरुले पठाउनुभएका पत्रहरुको सम्पादित अंश हो । तपाईंलाई आफ्ना मनमा लागेका सार्वजनिक सरोकारका विषयहरु तथा अमूल्य सल्लाह सुझाव दिन चाहानुहुन्छ भने तलको इमेल ठेगाना वा हाम्रो फेुसबुक पेजमा लेखेर पठाउन सक्नुहुनेछ ।-सञ्चारकर्मी

[email protected] अथवा facebook :

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा