मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

महिला सशक्तिकरण : सुरूवाती चरणको बिगुल बज्दैछ

सशक्तिकरण केवल एक शब्दमात्र होइन । यस शब्दमा धेरै अर्थ लुकेका छन । शब्दको सुविधाहरूमा यस शब्दले धेरै अर्थ थप्ने काम गरेको छ ।
प्रतिनिधिमुलक फाइल फोटो / वेब

हिलाहरुलाई विश्वभरमा धेरै चर्चाको विषय बनाइएको छ । त्यो एकमात्रै उदाहरण हो, महिला सशक्तिकरण । तर, यो किन आवश्यक छ ? हामी किन लैङ्गिक विभेद भर्ने काममा लागिरहेका छौँ ? लैंगिक विभेद के हो ? किन महिलाहरुलाई समाजमा समान स्तर र भरोसा दिइएको छैन ! 

हामी बाँचेको समय २१ औं शताब्दी हो । महिलाहरूले अझै पनि आफ्नो अधिकारको लागि दौड्नुपर्छ भन्ने केही आधारहरू अझै जीवित छन् । यदि हामी यस्ता विषयमा सन्तुलन प्राप्त गर्ने प्रयास गछौँ भने त्यहाँ महिला सशक्तिकरणको लागि सम्पूर्ण अभियानको आवश्यकता पर्दैन ।

एक कुशल घर निर्माता कुनैपनि बेला व्यवसायीक नेता हुनसक्छ । भर्खरै नेपालको नेतृत्व गर्ने राष्ट्रपति पदमा पुनः महिला आसिन भएको अवस्था छ । नेपालमा प्रधानन्यायधीस पदमा पनि महिला पुगिसकेका छन् । र, सभामुख पदमा पनि महिला नै पुगिसकेक छन् ।

नेपालमा यस्तै थुप्रै उदाहरणको जन्म हुने क्रम जारी छ । त्यसोभए हामीलाई किन यो महिला सशक्तिकरणको अवधारणा चाहिएको छ त ? के यो सबै लिङ्ग कै आधारमा जरुरी छ ? नेपालमा महिलाहरू आफ्नो योग्यताअनुसार अधिकार प्राप्त गर्दै छन् त ? तिनीहरूले किशोरी अवस्थासम्म पढेका छन् त ? तिनीहरू जवान युवादेखि वृद्ध मानिससँग विवाह गर्न बाध्य छन त ? शहरी क्षेत्रहरूमा बस्ने हामीले यो विषय बिर्सिएका हौँ ?

महिला सशक्तिकरणको विषय त सार्वजनिक बहसको रूपमा एक अभ्यासमा ल्याइनु पर्छ । हामी महिलाहरूलाई सशक्त बनाउने प्रयास वा उद्देश्यमा छौँ भने हामीले एक परिवारलाई सशक्त बनाउन अप्रत्यक्ष रूपमा बल गरिरहेका हुनेछौँ । यसका लागि महिलाको चेतनाको स्तर वृद्धि गर्नुको साथसाथै शिक्षामा लगानी गर्न जरुरी हुन्छ ।

महिलाहरु ज्ञानको अथाह भण्डार हुन, यसमा कुनै दुईमत छैन । यस्ता कार्यले सधैँ नै कसै न कसैलाई विश्वासमा लिन सकिन्छ । एक घर निर्माणको लागि महिला शिक्षा गतिशील स्रोत हो । महिला शक्ति एक यस्तो शक्ति हो जसले समाज, देश र अन्त्यमा विश्वलाई नै परिकल्पना गरेको भन्दा शुन्दर बनाउन सकिन्छ । 

महिला आफ्नो पेशा बाहेक मानव जातिको उत्थानका लागि दिन रात काम गरिरहेका हुन्छन् । त्यति मात्रै होइन पुरूषलेभन्दा बढी महिलाले नै परिवारको लागि समय खर्चेका हुन्छन् । ती महिलाहरूका कारण हामीले प्रशंसाको माला भिरेको छौँ । समाज र राष्ट्रमा छुट्टै पहिचान बनाउनसमेत सफल भएका छन् । 

यदि हामी देशका सबै महिलालाई पढाउने निर्णय गर्छौँ भने के हामीलाई बेफाइदा छ र ? मलाई लाग्छ देसमा यस्तो निर्णयले त दिर्घकालसम्म फाइदा नै गरिरहन्छ । त्यसो त महिलालाई विकासको सुचकको रूपमा लिने पनि गरिन्छ ।

सशक्तिकरण केवल एक शब्दमात्र होइन । यस शब्दमा धेरै अर्थ लुकेका छन । शब्दको सुविधाहरूमा यस शब्दले धेरै अर्थ थप्ने काम गरेको छ । अर्थात, महिलाको सशक्त अभियानलाई ठूलो टेवा र्पुयाएको छ । हामीमध्ये धेरैजनालाई नेपालको भु–धरातलीय स्वरूपमा यो शब्दको शब्दशैली कुन समयमा वा कुन प्रयोजनको निम्ति प्रयोग गरेका छौँ ? कसरी र किन गरिरहेका छौँ ? वास्तवमै थाहा छैन । किनभने हामी व्यवहार र सिद्धान्तत सशक्तिकरण के का लागि हो भनेर बुझ्ने सानो हेक्कासमेत नराखी सिद्धान्तको प्रतिपादन गरेर अगाडि बढिरहेका छौँ ।

परिभाषा कै अध्ययन गर्ने हो भने महिला सशक्तिकरण एक प्रक्रिया हो । महिला स्वयम आत्मनिर्भर हुने, आफ्नो स्वतन्त्र अधिकारलाई छनौट गर्न पाउने, हरेक चुनौतीमा सहयोग गर्ने स्रोतहरूलाई नियन्त्रण गर्न सक्ने प्रक्रिया हो । 
 
महिला सशक्तिकरण एक असल राष्ट्र निर्माणका लागि अनिवार्य शर्त हो । यदि एक महिलाले आफ्नो दक्षतालाई सशक्त बनाइन् भने ग्रामीण भेगका महिलाहरुले सशक्तिकरणलाई बढावा दिन विशाल शक्ति प्राप्त गर्नसक्छन् ।

सशक्तिकरणमा महिलाहरूको लागि उच्च साक्षरता स्तर, शिक्षामा समान सहभागीता गुणस्तरीय स्वास्थ्य सेवा, उत्पादक स्रोतहरूमा समान स्वामित्व, अधिकार र जिम्मेवारी र जीवनका सुधार स्तरहरू समावेश छन् । त्यस्तै, आर्थिक र सामाजिक सशक्तिकरण तथा लैङ्गिक न्याय समावेश गर्दछन । साथसाथै महिला र बालबालिकाविरुद्ध भेदभावको पुर्ण रूपमा अन्त्य हुने आधार तयार हुनेछ । नेपालमा भने भर्खरै मात्रै यसको सुरूवाती चरणको बिगुल बज्दैछ । अब नेपालको धरातलमा सम्भावनाको ढोका खुल्दैछ भनेर विश्वास गर्ने किरणको प्रवेश सुरू हुँदैछ ।

महिला सशक्तिकरण नयाँ अवधारणा होइन । यो विश्वभर सकरात्मक सोचका साथ  फैलिदै गएको एक सर्वमान्य अवधारणा हो । संसारभर महिलाहरू इतिहासको सुरुवाती चरणदेखि लैंगिक असमानता, चुनौती र परिवर्तनको सामना गर्दै आएका प्रशस्तै दृष्टान्त हामीले देखेका, पढेका र सुनेका छौँ । यस संघर्षमा धेरै पुरुषहरुले समर्थन गरेका छन् ।  शक्तिले राजनीतिक, आर्थिक, गरीबी उन्मूलन, स्वास्थ्य,  पोषण तथा हेरविचार र सामाजिक तत्वको प्रावधान दिन सक्छ । विशेष गरी ग्रामीण महिलाहरुलाई सामाजिक न्यायसँग सन्तुलित विकासको रणनीतिमा महिला सशक्तिकरण एक महत्वपूर्ण मुद्दा भएको छ ।

आर्थिक सशक्तिकरणले महिलालाई प्रभाव पार्ने, सही निर्णय गर्ने क्षमता विकास गर्ने, आत्मविश्वासलाई बढाउने र परिवारमा महत्वपूर्ण भूमिका खेल्ने आदि कार्यहरू गरिरहेका छ ।

समाजको एक हिस्सा ओगट्न सफल महिलालाई आधा आकाश आधा धर्तीको रूपमा  लिने गरिन्छ । भनिन्छ–‘जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवानको बास हुन्छ’ । महिलालाई हरेक समय परिस्थितिसँग जुध्न सक्ने बाहादुरीको रूपमा पनि लिइन्छ । त्यस्तै, महिलालाई एक स्वच्छ विचारको पर्यायको रूपमा पनि लिन थालिएको छ । 

आधुनिक युगमा जबसम्म महिलालाई उचित सम्मान र अवसर प्रदान गरिदैन तबसम्म समाज र राष्ट्रले अपेक्षा गरेबमोजिम उपलब्धि हासिल गर्न सकिदैन् । आजको समयमा महिलाले अवसर र चुनौती दुबैको सदुपयोग र सामना गर्दै जानुपर्ने स्थिति रहेको छ । समाजमा महिलालाई हिजो–आज एक दरिलो स्तम्भको रूपमा परिभाषा गर्न थालिएको छ ।

पछिल्लो समयमा दक्षिण एसियाका महिलाहरुको अर्थव्यवस्थामा धेरै सुधार भएका छन् । यसको अर्थ महिला सशक्तिकरणको विषयले विशिष्ट स्थान प्राप्त गरेका छन । पछिल्लो समय नेपालमा कैयौँ महिलाहरू पुरूष सरह सफल भएका छन् । उनीहरु ठूला–ठूला व्यापारी घरानामा स्थापित भएर समाजमा आफ्नो नाम स्थापित गराउन सफल भएका छन् । 

साथसाथै, महिलाहरु शैक्षिक क्षेत्रमा पनि अब्बल हुँदै गएका कैयौं दृष्टान्त स्थापित भइसकेका छन् । पुरुषको तुलनामा महिलाहरु साहित्यीक क्षेत्रमा पनि उतिकै कलम चलाएर सफल हुँदैछन । उनीहरूको कारणले आर्थिक अवस्थामा समेत व्यापक परिवर्तन आएको छ । समाज जहिल्यै गतिशील हुन्छ । देखिएका केही कुरा स्थिर हुन्नन र परिवर्तन चलायमान भएर अगाडि बढेका हुन्छन । समाजमा महिलालाई रथको महत्वपूर्ण पाङ्ग्राको रूपमा स्थापित भएको समेत यथेष्ट प्रमाण छन् ।


महिलालाई निर्णय गर्ने क्षमता र आर्थिक गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी गराई महिला सशक्तिकरणको लागि महत्वपूर्ण योगदान दिन सकिन्छ । उद्यमशीलताले महिलालाई आर्थिक लाभ उठाउन र उनीहरुको सामाजिक अवस्था सुधार गर्न मद्दत गर्छ । महिलाले उद्यमीको विकास प्राप्त गरी सक्षम बनेपछि समाजले उनीहरूको क्षमता बुझी सराहना गर्छ । यसले समाजमा महिलाको उपस्थिति बढाउँछ । साथै, राष्ट्र निर्माण र आर्थिक स्थितिमा सुधार ल्याई महिला एकीकरणको नेतृत्वको भावना पैदा गर्दछ । साथै, महिलाहरुमा मनोवैज्ञानिक सन्तुष्टिसमेत प्रदान गर्दछ । जसबाट उनीहरुको समाजमा बढेको पहिचान, सिर्जनसिलता र उपलब्धिहरुको गहिरो भावनासँग अनुशासन, मेहनत र जागरूकताको भावना पैदा गराई नयाँ ढँगले इच्छाशक्तिको उजागर गर्दछ भन्ने विश्वास महिलाहरूमा पैदा हुनेछ ।

जब महिलाहरूले आफ्नो परिवारको निम्ति राम्रो कदम उठाउँछन् तब समाजलाई असल कार्यको लागि उत्प्रेरित गर्दछन । र, देसले प्रगतिको पथ समात्छ । आर्थिक, सामाजिक, र सांस्कृतिक स्थितिमा जब महिलाको पहुँच वृद्धि हुन्छ तब देसले समृद्धिको बाटो समात्छ ।

जबसम्म महिलाहरूले आफ्नो देसमा आउने चुनौतीलाई नयाँ अवसरको उचाइ मानेर  डटेर अगाडि बढन सक्दैनन तबसम्म नेपालमा केही हुनेवाला छैन ।

‘आर्थिक, समाजिक र राजनीतिक शक्ति समाजको एक मनोवैज्ञानिक शक्तिको आधार मानिन्छ । यसैले, निम्न वर्गीय महिलाहरू कमजोर आर्थिक अवस्थाका कारण दोस्रो पक्षबाट अपहेलित भएको महसुस गर्छन् । कालान्तरमा निर्भरता र निर्णय गर्ने शक्तिको कमी हुने वातावरण बलियो भएर जान्छ । त्यसैले, यदि महिलालाई आर्थिक रूपमा सक्षम बनाउनु छ भने चेतना र शिक्षाको दियो बाल्न एकदमै जरुरी छ । 

महिलाहरूले राज्यको अर्थव्यवस्थालाई मजबुत बनाउन ठूलो योगदान गरेका छन् । अर्थ व्यवस्था नै समाजमा वर्ग विभाजन र लैङ्गिक विभेद गर्ने यसको मुख्य कारण हो । त्यसैले  महिला सशक्तीकरणको निम्ति आर्थिक अवस्था एकदमै मजबुत हुनुपर्छ । परिवारमा धेरै समय खर्च गर्ने पनि महिला हुन्छ । सम्पूर्ण परिवारको जिम्मेवारको अभिभारा उनैमाथि थोपरिएको हुन्छ । 

जब महिलाको आर्थिक अवस्था मजबुत हुन्छ तब समाज, क्षेत्र हुँदै सम्पूर्ण राष्ट्रमा प्रत्यक्ष रूपमा प्रभाव पर्दछ । जरुरी छ महिला सशक्तीकरणमा महिलालाई आर्थिक रूपमा सक्षम बनाउन । आज राष्ट्रले मात्रै होइन कि विश्व मानकमा रुपमा रहेको विश्वव्यापीकरणको एक सिद्धान्तअनु्सार महिला सशक्तीकरणलाई एक अभियानको रूपमा लिनुपर्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा