मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

भारतमा एक दुलहाले भिर्त्राए दुईओटी दुलही !

फोटो कुवँरचन्द मण्डल वीवीसी

वीवीसी, ३० वैशाख । भारतको महाराष्ट्र राज्यमा पर्ने कोटग्याल गाउँमा गत मे ५ मा भएको विवाहमा दुलहा एकजना थिए भने दुलही दुईजना थिए ।

दुलहीहरू धुरपता र राजश्री शिरगिरे दिदीबहिनी हुन् । ती दुबैसँग साइनाथ उरेकरले विहे गरेका हुन् ।
 
कान्छि बहिनी राजश्रीले भनिन्  “दिदी सुस्त मनस्थितिको हुनुहुन्छ । जसका कारण उनको बिहे हुन समस्या भइरहेको थियो । कोही पनि बिहे गर्न तयार थिएन । मेरो चाहना थियो मेरो भन्दा पहिले दिदीको बिहे होेस्, साइनाथसँग मेरो बिहेको कुरा चल्दा मैले मेरो चाहनाबारे उनलाई पनि बताएँ । उनी हामी दिदीबहिनीसँग बिहे गर्न तयार भए । र, अहिले हामी तीनै जनाको संसार बसिसकेको छ ।“ उनीहरु आफ्नो बिहेप्रति खुसी छन् ।

साइनाथ बाल्यकालदेखि राजश्री र धुरपतासँगै हुर्किएका हुन् । धुरपता सुस्त मनस्थितिको भएको थाहा हुँदाहुँदै ऊ बिहे गर्न तयार भयो । र, उनीहरूले नयाँ जीवनको सुरूवात गरिसकेका छन् ।

दुलहीहरूको काकाका छोरा प्रकाश शिरगिरेले भने, ‘उनीहरूको संसार सुरू हुनुभन्दा पहिले नउजाडियोस् भनेर हामीलाई डर लाग्छ । एउटै केटासँग दुईजनाको बिहे गर्नु गैरकानूनी हो भन्ने कुरा हामीलाई थाहा थिएन । छोरीहरूको खुशी चिताएरै काकाले एउटै केटासँग बिहे गराएका हुन् ।’

६० वर्षीय गङ्गाधर शिरगिरेकी तीनजना छोरी छन्( राजश्री, धुरपता र ज्योति। आफ्नो छोरा नभएपछि गङ्गाधरले बहिनीका छोरा साइनाथको आफैँले पालनपोषण गरेका हुन् । बाल्यकालमै साइनाथको बिहे धुरपतासँग गर्ने कुरा भएको थियो । तर, पछि धुरपताको मानसिक स्वास्थ्यमा सुधार नआएपछि राजश्रीसँग बिहे गर्ने निर्णय भयो ।

तर, राजश्रीले साइनाथ समक्ष शर्त राखिन्, “यदि मसँग बिहे गर्ने हो भने भने तपाईँले मेरी दिदीलाई पनि स्वीकार्नुपर्छ ।“ साइनाथले उक्त शर्त स्वीकार गरेपछी तिनै जनाको बिहे भयो । साइनाथ उरेकर धुरपता र राजश्रीकी फुपूका छोरा हुन् ।

सन्तोष नाम गरेका एकजनाले भने, ‘कानूनी कारबाही हुन सक्ने डरले शिरगिरे परिवार तनावमा छ, उनीहरूलाई मनोपरामर्शको खाँचो छ ।’

त्यस विषयमा  एकजना वकील असीम सरोदेले भने, ‘कानूनी रूपमा दुइटा बिहे गर्न पाइँदैन। उनीहरूको हकमा पनि मुद्दा चलाउन सकिन्छ । तर, यहाँ केटाले एउटै दिदीबहिनीसँग बिहे गरेको हेर्दा अपराध गर्ने उद्देश्यले देखिँदैन । यो घटनामा कानूनी कदम चाल्दा कसैलाई फाइदा हुँदैन । सबै मिलेर यसको हल खोज्नुपर्छ ।’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा