मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

किरात राई पत्रकार संघको अध्यक्षमा भीम निर्वाचित

विजयी भीमको पक्षमा ३३ र निकटतम प्रतिस्पर्धी प्रकाशले पाँच मत मात्र प्राप्त गरेको निर्वाचन मण्डलले जानकारी दिए ।
फाइल : फोटो फेसबुक

खोटाङ, ३० वैशाख । किरात राई पत्रकार संघको अध्यक्षमा खोटाङका भीम राई निर्वाचित भएका छन् । सर्वसहमतिको प्रयास असफलपछि भएको निर्वाचनमा अध्यक्षमा अर्का प्रतिस्पर्धी प्रकाश राईलाई भारी मतले हराउँदै भीम राई अध्यक्षमा निर्वाचित भएका हुन् । 

विजयी भीमको पक्षमा ३३ र निकटतम प्रतिस्पर्धी प्रकाशले पाँच मत मात्र प्राप्त गरेको निर्वाचन मण्डलले जानकारी दिए । निर्वाचन मण्डलका संयोजक राजेश चाम्लिङका अनुसार अन्य पदाधिकारी र सदस्य सर्वसहमत चयन भएका छन् । 

भक्तपुरको बोडेमा आज बिहान सम्पन्न चौथो राष्ट्रिय अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा गणेश साम्पाङ, खुला उपाध्यक्ष अवतार राई र महिला उपाध्यक्षमा रीता राराहाङ राई चयन भएका छन् ।

समितिको महासचिवमा भक्त राई, सचिवमा विशाल राई, महिला सचिवमा सरिता राई, कोषाध्यक्षमा गंगा राई र सहकोषाध्यक्षमा सन्तोष राई चयन भएका छन् ।

२१ सदस्यीय समितिको सदस्यमा रामधन राई, शान्तिराज राई, राजन राई, नुनुता राई, एसपी जेरो, मीना राई, सुमन खालिङ, कृष्णजीत राई, राजकुमार राई, प्रवीण राई, अमृत थुलुङ, लीला राई र सरिता राई चयन भएका छन् । निर्वाचित संघको पहिलो बैठकले दुई सदस्य थपेर २३ सदस्यीय समिति बनाउने विधानमा उल्लेख छ । रासस

सच्याइएको सम्वन्धमा:  "किरात राई पत्रकार संघको अध्यक्षमा भीम निर्वाचित" शिर्षकमा समाचार सम्प्रेषण गर्दा निर्वाचनको मतपरिणाममा विजयी भीमको पक्षमा ३३ र निकटतम प्रतिस्पर्धी प्रकाशले पाँच मत हुनुपर्नेमा अन्यथा हुन् गएकाले सच्याइएको छ  यस “फ्याक्चुएल एरर” ले पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं: सम्पादक

हामीसँग फेसबुकमा गाँसिनुस्

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा