बुधबार, ३० श्रावण, २०७५ Wednesday, 15 August, 2018

'मोदीलाई रिझाउन ओली सरकारद्वारा संविधानकै उल्लंघन !' पत्रकारद्वारा ‘क्यामेरा डाउन’

नेपालको संविधान २०७२ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ ।
फोटो : रामकृष्ण अधिकारी | ट्वीटर

 

काठमाडौं, २९ वैशाख  । काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरेको नागरिक अभिनन्दन समारोहमा नेपाली पत्रकारलाई प्रवेश निषेध गरेको  छ ।

राष्ट्रिय सभागृहमा शनिबार (आज) काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा भारतीय मिडियाकर्मीलाई भने सहज प्रवेश दिइएको थियो । नेपाली सरकारी सञ्चारमध्यमबाहेक अन्य सबै नेपाली सञ्चारमध्यमलाई नेपाल सरकारले प्रवेश निषेध गरेको थियो ।

फोटो : भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारको ट्वीटरबाट

त्यस्तै, नेपाली फोटो पत्रकारहरुलाई गेटबाटै सुरक्षाकर्मीले रोकेपछि उनीहरुले कार्यक्रमस्थल अगाडी 'क्यामेरा डाउन' गरेर त्यत्तिकै फर्किए । समाचार संकलन गर्न पाससहित भित्र छिरेका नेपाली पत्रकारलाई सुरक्षकर्मीले बाहिर निकालेका थिए ।

नेपालको संविधान २०७२ को प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ । त्यसैगरी,  संविधानको  धारा १९ मा सन्चारको हकअर्न्तगत  प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै पत्रकारलाई समाचार संकलनमा रोक लगाउन नपाइने व्यवस्था छ । 

तर, शनिबार प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन समारोहमा भारतीय पत्रकारहरुलाई कुनै अवरोध नगरी नेपाली पत्रकारलाई प्रवेश निषेध गर्नुका साथै प्रवेश पाइसकेका पत्रकारहरुलाई समेत सुरक्षकर्मीले बाहिर निकालेर ओली नेतृत्वको सरकारले संविधानकै उल्लंघन गरेको छ ।

अभिनन्दन समारोहमा प्रवेश निषेध गरेपछि सामाजिक सन्जालमा पत्रकारहरुले व्यापक विरोध जनाएका छन् । 

 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा