शुक्रबार, ११ जेठ, २०७५ Friday, 25 May, 2018

मोदीविरुद्ध भएको भन्दै प्रहरीले च्यात्यो विवेकशील साझाले राखेको 'ब्यानर'  

केही नबिथोल्ने अभिव्यक्ति स्वतन्त्रतामाथि हष्तक्षेप गर्नु अधिनायकवादको स्पष्ट संकेत हो : संयोजक मिश्र
फोटो : रवीन्द्र मिश्र ट्वीटर

काठमाडौं, २८ वैशाख । विवेकशील साझा पार्टी कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न टाँगिएको ‘ब्यानर’ प्रहरीले शुक्रबार (आज) झिकेर लगेको छ ।

ललितपुरस्थित पार्टी कार्यालय अगाडी टाँगिएको ‘मोदीजी स्वागत छ । तर, नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने लेखिएको तुल प्रहरीले झिकेर लगेको विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले जानकारी दिएका  छन् ।

शुक्रबार संयोजक मिश्रले ट्वीटरमार्फत जानकारी गराउँदै लेखेका छन्, ‘पार्टी कार्यालयमा प्रहरी तैनाथ छन् । केही नबिथोल्ने अभिव्यक्ति स्वतन्त्रतामाथि हष्तक्षेप गर्नु अधिनायकवादको स्पष्ट संकेत हो ।’

त्यस्तै, केन्द्रीय सदस्य मिलन पाण्डेले यस्तो तुल राख्न पाउने हाम्रो राजनैतिक र कानुनी अधिकार हो भन्दै प्रहरीको कदमको हामी विरोध गर्ने बताए ।

डिएसपी नेतृत्वको खटिएको प्रहरी टोलीले उक्त तुल झिकेर लगेको केन्द्रीय सदस्य  पाण्डेले बताएका छन् ।

उनले प्रहरीले लगेको तुल फिर्ता ल्याउन आफुहरू जिल्ला प्रशासन कार्यालय जान लागेको र तुल फिर्ता नदिए अर्को बनाएर राख्ने बताएका छन् ।

सरकारको यस कदमप्रति सामाजिक सन्जालमा ब्यापक विरोध भैरहेको छ ।

 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा