बुधबार, ३० श्रावण, २०७५ Wednesday, 15 August, 2018

जोमसोम पुग्यो भारतीय सेनाको हेलिकोप्टर

दूतावासबाट हवाई मार्गका साथै स्थल मार्गबाट प्रशासनिक कर्मचारी आउने क्रम बढेको छ ।
तस्बिर : वासुदेव पौडेल/रासस

शब्दचित्र : मुस्ताङको जोमसोम विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी आएको भारतीय सेनाको हेलिकोप्टर । प्रधानमन्त्री मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणको तयारीका लागि यहाँ चहलपहल बढेको छ । 

त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन भ्रमणलाई लक्षित गरी जोमसोम बजारमा आएका भारतीय दूतावासका प्रशासनिक कर्मचारीको टोली लिएर आएका सवारी साधन । दूतावासबाट हवाई मार्गका साथै स्थल मार्गबाट प्रशासनिक कर्मचारी आउने क्रम बढेको छ । तस्बिर : वासुदेव पौडेल/रासस

भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणलाई लक्षित गरी प्राविधिक टोलीसहित आवश्यक सामग्री बोकेर आएको भारतीय वायु सेनाको हेलिकप्टर बिहीबार जोमसोम विमानस्थलमा अवतरण गर्दै । तस्बिर : रामबहादुर थापा, मुस्ताङ/रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा