शुक्रबार, ११ जेठ, २०७५ Friday, 25 May, 2018

चर्चाको शिखरमा बालगायक दर्जी र उनको पहिलो गीत (भिडियोसहित)

सार्वजनिक गरिएको २४ घण्टा नपुग्दै करिव ९ लाख दर्शकहरुले उक्त हेरेका छन् ।

काठमाडौं, २७ वैशाख । बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीतले सर्वाधिक चर्चा बटुलेको छ ।

गायक तथा सङ्गीतकार टंक बुढाथोकीले बालगायक दर्जीलाई गायनमा साथ दिएको उक्त गीत बुधबार (हिजो) यूट्युबमार्फत सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएको २४ घण्टा नपुग्दै करिव ९ लाख दर्शकहरुले उक्त म्युजिक भिडियो हेरेका छन् ।
 
गायक तथा सङ्गीतकार टंक बुढाथोकीको आधिकारिक यूट्युब च्यानलमा उक्त गीत हेर्न सकिन्छ ।

बिराज नेपालको शब्द रहेको यस गीतमा सङ्गीत गायक तथा सङ्गीतकार बुढाथोकीकै रहेको छ । टंक बुढाथोकी र दर्जीलाई क्यामेरामेन भुपेन्द्र तुम्बह्याम्फेले भिडियोमा उतारेका छन् । 

झापामा जन्मिएका बालगायक  दर्जी अहिले नेपाली सङ्गीत क्षेत्रमा चर्चाको शिखरमा रहेको छन् ।

हेरौँ बालगायक  दर्जी र गायक तथा सङ्गीतकार बुढाथोकीको गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा