मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा निर्वाचित

लामो समयदेखि ‘एन्फा शुद्धिकरणको अभियान’ चलाइरहेका  शेर्पाले ६३ र उनका  प्रतिस्पर्धी कुँवरले १२ मत पाएका छन् ।
फोटो /फेसबुक

काठमाडौं, २२ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्मा छिरिङ शेर्पा ६३ मतसहित निर्वाचित भएका छन् ।

शनिबार (आज) ललितपुरमा भएको चुनावबाट शेर्पा ६३ मतसहित प्रतिस्पर्धी मणि कुँवरलाई ५१ मतले हराएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

लामो समयदेखि ‘एन्फा शुद्धिकरणको अभियान’ चलाइरहेका  शेर्पाले ६३ र उनका  प्रतिस्पर्धी कुँवरले १२ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यस्तै, शेर्पा समुहले अध्यक्ष र उपाध्यक्षसहित बहुमत सदस्यमा पनि जीत हात पारेको छ । निर्वाचन समितिका अनु्सार एन्फाको उपाध्यक्षमा  ६१ मत पाएर पंकजविक्रम नेम्वाङ, ५८  मत पाएर उपेन्द्रमान सिंह, ५२ मत पाएर कृष्णवहादुर थापा र ३९ मत पाएर वीरबहादुर खड्का विजयी भएका छन् ।

चारैजना कर्मा नेतृत्वको प्यानलबाट उम्मेद्वार बनेका थिए । उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

यस्तै, एन्फाको नयाँ ११ जना सदस्यको लागी २९ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्ये  दावा लामा, दिनेश ब्यन्जनकार, दीर्घबहादुर केसी, पूर्णमान चित्रकार, बिजय घले, निरोज खड्की,  किरण राइ,  मधुसूदन उपाध्याय, प्रदेशसिंह राठोर, रत्नकुमार श्रेष्ठ, र बिन्द्रनाथ श्रेष्ठ  विजयी भएका छन् ।

महिला सदस्यमा यसअघि नै पेम्बा लामा निर्बिरोध निर्वाचित भएकी थिइन् ।

अदालती मुद्दा र गुटबन्दीका कारण नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघको निर्वाचन निर्धारित समयभन्दा झण्डै ६ महिनापछि सम्पन्न भएको हो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा