मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

प्रधानमन्त्री ओलीद्वारा दमक गोल्डकप फुटबलको उद्घाटन

“यहाँ खेलकूद मैदान होइन रंगशाला बनाउन नै सरकारले चाहेको छ ।” - प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली दमकमा बुधबारदेखि शुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा रेफ्रिलाई बल हस्तान्तरण गदै । तस्बिरः यज्ञराज आङदेम्बे, दमक, रासस

दमक, १९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले खेल गतिविधिमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । 

प्रदेश नं १ कै सर्वाधिक राशि रहेको दमक गोल्डकप फुटबल प्रतियोगिताको बुधबार (आज) उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार खेलकूदको समुचित विकास गर्न प्रयत्नशील रहेको बताए । 

दमक आसपासमा खेलकूदका लागि आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “यहाँ खेलकूद मैदान होइन रंगशाला बनाउन नै सरकारले चाहेको छ ।” 

उनले खेलकूदलाई स्वस्थ र स्वच्छ ढंगले व्यावसायिक बनाउन सुझाव पनि दिए । 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार खेलकूदको बृहत्तर विकासका लागि सहयोग गर्न तत्पर रहेको बताए । 

खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकूद क्षेत्रको विकासमा सवै क्षेत्रको रचनात्मक भूमिका हुनुपर्ने बताए । 

दमक नगरपालिकाको नगर खेलकूद विकास समितिले आयोजना गरेको यो प्रतियोगिताअन्तर्गतको आजको उद्घाटन खेल घरेलु टिम रमपम झापा–११ र मदन भण्डारी स्पोर्टस् एकाडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

यसवर्ष झापामा भएका गोल्डकपमध्ये यो पाँचौ संस्करण हो । 

प्रतियोगिताका प्रचार संयोजक चन्द्र दाहालका अनुसार प्रतियोगितामा करेन्ट रुपन्देही, शसस्त्र प्रहरीको एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, सरस्वती युथ क्लब, मनाङ म¥र्याङ्स्दी र आयोजक गरी १० टोली सहभागी छन् । 

प्रतियोगिताका विजेताले रु १३ लाख ११ हजार र उपविजेताले रु छ लाख ११ हजारसहित ट्रफी तथा प्रमाणपत्र पाउने छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा