शुक्रबार, ११ जेठ, २०७५ Friday, 25 May, 2018

युवा चित्रकार गिरीको चित्रकला प्रदर्शनी सुरु

एउटा तस्वीरको मूल्य रु तीन हजार ५०० देखि ३५ हजारसम्म तोकिएको छ । 
दांङका चित्रकार तथा कलाकार लेखक गिरीको शुक्रबारदेखि ५ दिनसम्म सञ्चालन हुने एकल चित्रकला प्रदर्शनी अवलोकन गदै तुलसीपुरका नगरप्रमुख घनश्याम पाण्डे । तस्बिर : नारायणी रजौरे, दाङ, रासस

दाङ, १५ वैशाख । दंगाली युवा चित्रकार लेखराज गिरीको एकल चित्रकला प्रदर्शनी शुक्रबारदेखि रिपोर्टर्स क्लब दाङमा सुरु भएको छ । 

तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी चित्रकार गिरीका ४६ तस्वीर ‘परिचय’ प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा राखिएका एउटा तस्वीरको मूल्य रु तीन हजार ५०० देखि ३५ हजारसम्म तोकिएको छ । 

३२ वर्षीय गिरीले आफ्ना चित्रबाट विद्यार्थी वर्ग र चित्रकलामा लाग्न चाहने व्यक्तिले केही सिकून् भन्नाका लागि प्रदर्शनी गरिएको बताए । प्रदर्शनीको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्दै गिरीको कलाको सम्मानका लागि उपमहानगरपालिकाले एक उत्कृष्ट चित्र खरिद गर्ने घोषणा गरे ।

मल्टिमिडिया प्रालिको आयोजना तथा उपमहानगरपालिकाको सहयोगमा चित्र प्रदर्शनी गरिएको हो । प्रदर्शनी पाँच दिनसम्म चल्ने बताइएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा