शुक्रबार, ११ जेठ, २०७५ Friday, 25 May, 2018

उत्तर कोरियाली शासक किमद्वारा गहिरो दुख व्यक्त

उत्तर कोरियाली नेता किम जोङ उन अस्पतालमा गएर चिनियाँ नागारिकसँग भेटघाट गर्दै । फोटो कोरियाली केन्द्रिय समाचार संस्था/एपी

बेइजिङ, ११ वैशाख । उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

आइतबार राति प्योङयाङ दक्षिण भागमा भएको यस दुर्घटनामा ३२ चिनियाँ र चार उत्तर कोरियाली नागरिक मारिएका थिए, भने दुई चिनियाँ नागरिक घाइते भएका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जानकारी दिएको छ । 

यस घटनापछि नेता किमले उत्तर कोरियास्थित चिनियाँ राजदूतलाई व्यक्तिगतरुपमा भेटघाट गरेका छन् । साथै, त्यसपछि अस्पताल गएर चिनियाँ घाइते नागरिकलाई समेत भेटवार्ता गरेको बताइएको छ । 

एक स्थानीय समाचारपत्रले अस्पतालमा गएर चिनियाँ नागारिकसँग भेटघाट गरेका नेता किमको फोटो छापेको बताइएको छ । 

उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हिजो नै अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा