मंगलबार, ६ कार्तिक, २०७५ Tuesday, 23 October, 2018

निर्माण नहुँदै भत्कियो नाला

लहान, ११ वैशाख । सिरहा नगरपालिका–११ स्थित भलुवाहीमा निर्माणाधीन नाला निर्माण सम्पन्न नहुँदै भत्किएको छ । 

कमसल निर्माण सामग्रीको प्रयोग गरी गुणस्तरहीन काम गरेका कारण निर्माण सम्पन्न नहुँदै उक्त नाला भत्किएको स्थानीयवासीले बताएका छन् । ठेकेदार कम्पनीले नाला निर्माणमा कमला नदीको बालुवा प्रयोग गर्न खोज्दा स्थानीयवासीले अवरोध गरेको स्थानीय नथुनी कामतीले बताए ।

 नाला निर्माणमा कमसल सामग्रीको प्रयोग हुँदा पनि डिभिजन सडक कार्यालय लहानले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ । “समयमा राम्रोसँग प्राविधिक जाँच भएन,” कामतीले भने । 

डिभिजन सडक कार्यालयले रु चार करोड ९३ लाख ६१ हजार लागत चोहर्वा–सिरहा माडर सडकमा नाला, सडक निर्माणको कार्यको ठेक्का धनुषाको रोशन कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ । सोही ठेक्काअनुसार करीब रु ४० लाखको लागतमा भलुवाहीमा नाला निर्माण गरिँदैछ । 

डिभिजन सडक कार्यालय लहानका इन्जिनियर नितिश झाले नाला निर्माणमा कमजोरी नभएको दाबी गरे । नालाको निर्माण भइरहेकै बेला वर्षा भएको र नालाको छेउमा माटो नहालिएकाले थेग्न नसकेर भत्किएको उनी बताउछन् । रासस 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा