बुधबार, ३० श्रावण, २०७५ Wednesday, 15 August, 2018

बागलुङमै  निःशुल्क ‘डायलासिस’ सेवा सुरु, 

सरकारले अघिल्लो वर्षदेखि डायलसिस सेवा पूर्णरुपमा निःशुल्क गरेको हो ।
फाईल फोटो | वेव

बागलुङ, १० वैशाख । धवलागिरि अञ्चल अस्पताल बागलुङमा सोमबार (आज)बाट निःशुल्क डायलासिस सेवा सुरु भएको छ । 

यस क्षेत्रमा पहिलोपटक सुरु भएको सो सेवाबाट मृगौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन् । 

बागलुङ नगरपालिका–४ का ठोकप्रसाद सापकोटाकोे डायलासिस गरी सो सेवा शुरु गरिएको अस्पतालका प्रमुख डा सागर राजभण्डारीले बताए ।

दैनिक दुई चरणमा गरी चारजना बिरामीको डायलासिस गर्न सकिने उनको भनाइ छ । उपकरण र जनशक्ति व्यवस्थापन भए सेवा बढाउन सकिने अस्पतालले जनाएको छ । 

यो सेवा सुरु संगै महँगो खर्चमा डायलासिस गर्न ठूला अस्पतालमा जानुपर्ने धवलागिरिवासीको बाध्यता हटेको अस्पताल विकास समितिका अध्यक्ष रामजी सुवेदीले बताए । 

‘‘लामो प्रयासपछि डायलासिस सेवा सुरु भएको छ,” उनले भने, “यसको निरन्तरताका लागि सबै क्षेत्रको सहयोग चाहिन्छ ।” 

सरकारले अघिल्लो वर्षदेखि डायलसिस सेवा पूर्णरुपमा निःशुल्क गरेको हो । 

देशभरका ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । डायलासिस सेवाबाट बागलुङसँगै छिमेकी पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मीलगायत जिल्लाका बिरामीले सुविधा पाउने छन् ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा