शुक्रबार, ११ जेठ, २०७५ Friday, 25 May, 2018

आजै हातेमालो गरौं, यसरी सम्भव छ –गुणस्तरीय विद्यालय शिक्षा

फोटो: टिच फर नेपाल

शिक्षा हासिल गर्न पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार हो । हरेक अभिभाबकले आफ्ना सन्तानहरुलाई राम्रो असल शिक्षा दिन चाहन्छन् । राम्रो असल र ब्याबहारिक शिक्षाका लागि राम्रो असल र ब्याबहारिक शिक्षा दिन सक्षम बिद्यालयको खोजी गर्नु स्वभाविकै हो ।

नेपालमा शैक्षिक सत्र चैत्रमा समाप्त भइ बैशाख महिनादेखि नयां शैक्षिक सत्र सुरु हुन्छ । चैत्र बैशाख बिद्यालय अभिभाबक र बिद्यार्थीहरुका लागि टाउको दुखाइको महिना हुन्छ । बिशेषतः निजि बिद्यालय संचालकहरुलाई यी दुई महिना ज्यादै तनाबयूक्त समय हुन्छ । सरकारी बिद्यालयमा पनि आधारभूत तहसम्म मात्रै भएका बिद्यालयलाइ धेरै तनाब हुन्छ । फागुन चैत्रदेखि नै फलानो त फलानो स्कुलमा जाने रे, फलानोले त अर्को बर्षदेखि नपढ्ने रे, फलानोलैजें लाई त उसको आमाबुबाले अर्कै स्कुलमा लाने रे, जस्ता निराधार हल्ला चल्न थाल्छ । बिद्यालय सन्चालकहरु तनाबमा हुन्छन् ।

त्यस्तै,  गैह्रजिम्मेवार शिक्षकहरु पनि  म अर्को बर्ष यहाँ हुन्न, फलानो स्कुलले यति तलब दिनेरे,यहाँ भन्दा त्यहाँ राम्रो सुबिधा छ रे, यहाँ को वातावरण नै मन परेन, त्यहाँ यस्तो यस्तो सुबिधा छरे, म त यहाँ सिक्नमात्रै  आएको, अब त धेरै सिकिसके यहाँ भन्दा त्यहाँ धेरै  तलब दिने अफर आएको छ, आदि इत्यादि कुराले बिद्यालय प्रशासकको मथिङ्गल भद्रगोल हुन्छ ।

अनि नयाँ शैक्षिक सत्र सुरु हुनेबेला नयाँ भर्ना अवधिभर विभिन्न शैक्षिक संस्थाहरुले पनि अस्वस्थ प्रतिस्पर्धा गरीरहेका हुन्छन । पूरा गर्न नसकिने र शैक्षिक आचारसंहिता भन्दा बाहिरको कुराहरुको  आस्वासनको पोका बाढ्ने गर्दछन् । हाम्रोमा भर्ना गरे यो छुट त्यो छुट हुन्छ , पोशाक फ्रि झोला कापी कलम पुस्तक फ्रि, निशुल्क भर्ना आदि इत्यादी । अनि अभिभाबकहरु पनि बैशाखभरि लोभमा परि दुनिया स्कुल चहारिरहन्छन् । तरकारी पसलमा झैँ मोलमोलाइ गरिरहन्छन् । पढाइ सुरु भइसक्छ ।

शैक्षिक सत्रको सुरुमा शिक्षक शिक्षिकाहरुमा पनि जोस जाँगर हुन्छ र पाठ रफ्तारमा अगाडि बढेको हुन्छ । विभिन्न बिद्यालय चाहार्ने बिद्यार्थीहरुको पढाइ छुट्छ र कमजोर हुँदै जान्छन् । अन्तमा पुरानै बिद्यालयमा भर्ना गर्दछन । यो चलन सामान्य भइसकेको छ ।

शिक्षा नभइ नहुने कुरा भएकोले शिक्षालाइ कसैले खेलाइचीको रुपमा लिनुहुन्न । चाहे सरकारीमा होस या नीजि बिद्यालयमा होस शिक्षासंग सम्बन्धित गतिबिधिहरु निस्वार्थ रूपमा बिना झन्झट सबैले स्वीकार गर्ने खालको बाधा-ब्यबधान रहित हुनु पर्दछ ।

एक संस्थाले अर्को संस्थाप्रति आक्षेप लगाउनु हुन्न । नेपालको शैक्षिक क्षत्र सोचे जति सजिलो छैन । यहाँ थुप्रै चुनौतिहरु मध्ये केही चुनौतिहरू निम्न बमोजिम उल्लेख गर्न सकिन्छ:

१. नेपाल सरकारको शिक्षा मन्त्रालयले  २ वर्षभित्र साक्षर नेपाल घोषणा गरि जीवन पर्यन्त सिकाइ प्रबर्धन गर्ने निर्णय गरेको भएता पनि शिक्षा सम्बन्धि भरपर्दो पूर्बधार नभएको, सर्बशुलभ, बैज्ञानिक, ब्याबहारिक, जनमुखी, परिणाममुखी, उत्पादनमुखी, रोजगारमुलक र सबैको पहुंचमा शिक्षा नीति नभइन्जेलसम्म कार्यन्वयन हुन कठीन छ ।
२. निरक्षरताको लागि बालबालिकालाई बिद्यालयमा भर्ना अभियान कार्यक्रम सरकारले ल्याएको भएतापनि गरिबी र चेतनाको कमीको कारण भर्ना शुल्क, बार्षिक शुल्क, परीक्षा शुल्क, विभिन्न शीर्षकमा लिइने शुल्क लगायत कापी कलम र अतिरिक्त किताब किन्ने पैसा नहुने भएकोले धेरै बालबालिकाहरुलाइ बिद्यालयमा भर्ना गराउन नसकिने अवस्था यथावत रहनेछ ।
३. अभिभावकहरु सरकारी बिद्यालयको शिक्षाको गुणस्तर, आफ्ना बालबालिकाको सुरक्षा, आचरण, रेखदेख, अनुगमन, कडा निगरानी प्रति बिश्वस्त नहुनुको कारणले नीजि बिद्यालय प्रति आकर्षित भइ सरकारी बिद्यालयमा भर्ना नगरिएको अवस्था यथावत रहनेछ ।

लेखकको सम्वधित अर्को लेख: 

४. सरकारी बिद्यालयमा शिक्षाको गुणस्तर खस्किदो अवस्था र अब्यस्थित कार्ययोजनाको कारण बर्षेनि नीजि बिद्यालयमा निद्यार्थी भर्नाको लहर तिब्र भएको परिपेक्षमा शिक्षा मन्त्रीको १० बुदे मार्ग चित्र भित्र नीजि बिद्यालयलाई नियमन र निषेध गर्ने नीतीले शिक्षा क्षेत्रमा ठूलै समस्या ननिम्त्याउला भन्न सकिँदैन ।
५. नीजि बिद्यालयले २५% त के ५० % भन्दा बढी छात्रबृत्ति दिइहेको अवस्थामा  सरकारी बिद्यालयमा सरकारी कोटाको छात्रबृत्ति लक्षित बर्गलाइ नदिइ राजनैतिक दबाब, नाताबाद कृपाबाद र कर्मचारीतन्त्रको घेराभित्रको लाई उपलब्ध गराइने परम्पराको कारणले सकारात्मक परिणाम निस्कने कुरामा विश्वास गर्न सकिन्न ।
६. स्थानीय सरकारले शिक्षा स्वास्थ्य जिम्मा लिइसकेको सन्दर्भमा स्थानीय सरकारले संघीय संरचना अनुसार संघीय शिक्षा प्रणालीको खाका तयार गरि सोही अनुरुप अगाडि बढ्नु पर्नेमा मजबुत तयारीको अभाबमा प्रभाबकारी शिक्षा नहुने सम्भावना बढि छ ।
७. नेपाल सरकारको शिक्षा मन्त्रालयले शिक्षकहरु बीचको खाडल पुर्न नसकेको र अस्थाई, राहत र करार शिक्षकहरको समस्या सामाधान नभइसकेको अवस्थामा प्रभाबकारी शैक्षिक कृयाकलाप हु्न्छ भन्ने कुरामा शंका गर्ने ठाउँ छ ।
८. शिक्षकहरुको सरुवा बढुवामा आर्थिक चलखेल र राज्यशक्तिको दुुरुपयोगका कारण असल र समर्पित शिक्षकहरु हतोत्साहित हुने र राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने परिपाटीको अभाबमा पैदा भएको नैराश्यताले कार्य क्षमता र दक्षतामा कमी आउने कुरा प्रष्टै छ ।
९. शिक्षक छनोट प्रकृयामा क्षमताको आधारमा राजनैतिक प्रभाबबाट अलग रहेर पठनपाठन गराउने वातावरण पारदर्शी ढंगले सृजना नगरेमा विद्यार्थी, अभिभाबकहरु सरकारी बिद्यालयप्रति आकर्षित हुदैनन् ।
१०. शिक्षा सम्पूर्ण बिकासको आधार स्तम्भ भएको हुनाले शिक्षामा अधिकतम लगानी गरि सर्बशुलभ ब्याबहारिक,परिणाममुखि उत्पादनमुखि र मुलुकमा सबैको पहुँचको शिक्षा प्रणाली नभएमा र मुलुकमा गरिखाने बर्गको लागि शिक्षा नीति नभइन्जेलसम्म शिक्षाको स्तर माथि उठ्न सक्दैन ।
११. बिना तयारी लहडमा भर्ना अभियानलाई परम्परागत शैलीमै ओैपचारिकता  पुरा गर्ने हेतुले सस्तो लोकप्रियताको लागि मात्रै हो भने अभियान प्रभाबकारी हुँदैन र दुरदराजका हजारौं बालबालिकाहरु बिद्यालय बाहिरै हुनेछन् ।

बिद्यालयको शिक्षा राम्रो हुनका लागि केवल बिद्यालयको मात्र नभइ सरकार, अभिभाबक, विद्यार्थी ,शिक्षक ,बिद्यालय ,प्रशासन र समाजले अहंम भूमिका खेल्ने भएकोले असल शैक्षिक वातावरण सिर्जना गर्न निम्न पक्षहरुले आफ्नो भुमिका निर्वाह गर्नु पर्छ:

सरकार

१. सरकारले शिक्षा सबैको पहुँचमा पुग्ने नीति बनाउनु पर्दछ ।
२.बैज्ञानिक, ब्याबहारिक, रोजगारमुलक, उत्पादनमुखि, परिणाममुखि र जनमुखि शिक्षा नीति बनाउनु पर्दछ ।
३. बिभेदरहित, समाबेशी, समानुपातिक र अग्रगामी शिक्षा नीति तय गर्नु पर्दछ ।
४.फरक क्षमता मैत्री शिक्षा हरेक बिद्यालयमा लागू गराउन सक्ने नीति हुनु पर्दछ ताकि अपाङ्ग बहिरा लाटालाटी सुस्तमनस्थिति भएका बालबालिकाहरुले समेत शिक्षा प्राप्त  गर्न सकून् । तर यो सम्भब नहुने कुरा रारा तालको किनाराबाट प्रधानमन्त्री र शिक्षा मन्त्रीले थालेका भर्ना अभियानमा अपाङ्गताको कारण ७ बर्षिय पुन्न बहादुर कुलाल भर्ना हुनबाट बन्चित हुन परेको कुराले पुष्टि गर्दछ ।
५. शिक्षामा ब्यापारीकरण, राजनीतिकरण र नीजिकरणलाई  कम महत्व दिदै सहज र उचित ढंगले राष्ट्रियकरण गर्नुपर्दछ ।
६.शिक्षामा संलग्न ब्यक्तिहरुलाई गुण दोषको आधारमा पुरस्कार र दण्ड दिने ब्यबस्था कडाइका साथ लागु गर्ने परिपाटी बसाउनु पर्दछ ।
७.आधारभूतदेखि उच्च शिक्षासम्म निःशुल्क तथा प्राबधिक रुपले सुबिधा सम्पन्न शिक्षा नीतिको तय गर्नुपर्दछ ।
८. देसभक्त, आत्मनिर्भर, सीप प्रबिधिले पोख्त जनशक्ति  तयार पार्ने खालको शिक्षा नीतिको तय, खोज अनुसन्धान र प्रयोगको आधारमा आफ्नै देशकाल परिस्थिति अनुरुपको आफ्नै बिज्ञहरुद्वारा निर्धारण गर्नु पर्दछ ।

अभिभाबक

१. आफू अनुकुलको राम्रो बिद्यालय छनोैटमा अभिभाबकहरु सचेत हुनु पर्दछ ।
२.बिद्यालयको स्तर बढाउन र राम्रो बनाउन बिद्यालयलाई हरेक अभिभाबकले  निसंकोच हरेक क्षेत्रमा सहयोग गर्नुपर्दछ ।
३. आफ्ना नानीबाबुहरुको चरित्र निर्माण र पढाइमा निरन्तर सहयोग गर्नुपर्दछ ।
४. घर प्रथम पाठशाला भएकोले आफ्ना बाबू नानीहरुलाई अनुशासित, नम्र, मेहनती हुन र सकारायत्मक सोंच  बिकासको लागि अभिभाबकहरुले महत्वपूर्ण भूमिका खेल्नु पर्दछ ।
५.बच्चाहरुको अगाडि झगडा गर्ने, नराम्रो शब्द प्रयोग गर्ने,अरुको कुरा काट्ने, बच्चाहरुको खराब पक्षलाइ ढाकछोप गर्ने, राम्रो पक्षको प्रशंसा नगरिदिने बानीलाई छोडिदिनु पर्छ ।
६.  बाबुनानीको नराम्रो पक्षलाइ निरुत्साहित र राम्रो पक्षलाइ प्रोत्साहित गर्नुपर्दछ ।
७. बिद्यालय परिवारसँग समन्वय गरेर दिगो शैक्षिक वातावरण तयार पार्न सक्रिय भूमिका खेल्नुपर्दछ ।
८. बिद्यालयप्रति फैलाइएको भ्रमलाई चिरेर सत्य कुराको वकालत गर्नु पर्दछ ।
९. बिद्यालय प्रशासनलाई धम्काउने, असहयोग गर्ने, सामन्ती प्रबृति  देखाउने, नीच भाब देखाउने जस्ता असमाजिक ब्याबहार भए तुरुन्त हटाउनु पर्दछ ।
१०. विद्यार्थी हितको लागि राखिने बैठक कार्यक्रममा सक्रिय सहभागी भई आफ्नो स्वस्थ बिचार राखी सहयोग गर्नु पर्दछ ।
११. बिद्यालय प्रति सदैब सकारात्मक सोँच र उपयोगी कृयाकलाप सिर्जना गर्नुपर्दछ ।
१२. अरुको लहैलहैमा लागेर बिद्यालयलाई असर पुर्याउने काम गर्नु हुन्न ।
१३. वास्तविक कुरा नबुझी बिद्यालय परिवारप्रति अभद्र व्यवहार देखाई झै झगडा गर्नु हुदैन ।
१४. उचित सल्लाह सुझाब परामर्श र सहयोग गरेर बिद्यालय अग्रगतिमा जान सक्ने वातावरण बनाउनु पर्दछ ।
१५.बच्चाहरूको इच्छा बिपरित आफ्नो इच्छा लाद्ने काम कहिल्यै गर्नु हुदैन । बच्चाहरुको इच्छा बिपरित गएमा बच्चाहरुको भबिष्य अन्धकार हुन्छ ।

विद्यार्थी

१. अनुशासित, मेहनति,  संयम, असल चरित्र, अध्ययनशील, मानबीय, जेहेन्दार हुनुपर्दछ ।
२. पढ्दा सधै रमाइलो मानी एकाग्र भई नयाँ कुरा सिक्न सदैब तयार हुनु पर्दछ ।
३. नबुझेको कुरा गुरु तथा जान्ने ब्यक्तिहरुलाई सोधेर सिक्ने बानी बिकास गर्नु पर्दछ ।
४. पढिसकेको कुरालाइ समय समयमा दोहोराउदै सफा र सुन्दर अक्षरले स्पष्ट रुपमा नोट तयार पारी परीक्षा आउनु अगाडि पढ्ने बानी बिकास गर्नु पर्दछ ।
५. अतिरिक्त ज्ञान बढाई बिद्यालयमा हुने अतिरिक्त कार्यक्रमहरुमा भाग लिनु पर्दछ ।
६.गुरु आमा बुबा मान्नेजन र अग्रजहरुप्रति सधै आदरभाब प्रकट गरि सम्मान गर्नु पर्दछ ।
७. आफ्नो साथी र भाइबहिनीहरूप्रति मिलनसार र मयालु हुनु पर्दछ ।
८. आफूले सिकेको पढेको अनुभव गरेको ज्ञान सीप ब्यबहारमा  उतार्ने र अरुलाइ पनि सिकाउने बानी बसाल्नु पर्दछ ।
९. खेल्ने डुल्ने घुम्ने टिभि हेर्ने काम समय र अवस्था हेरेर अभिभाबकहरुको अनुमतिमा गर्नु पर्दछ ।
१०. अरुलाइ छुद्र व्यवहार गर्ने, हेप्ने, बदमासी गर्ने कार्य गर्नु हुन्न ।

शिक्षक

१. शिक्षकले बिद्यार्थीलाई ज्ञान दिने बेला भित्रि आत्मादेखि उत्साहका साथ पढाउनु पर्छ,  सिकाउनु पर्दछ ।
२. हँसिलो भई पढाउँदा त्यसले कक्षामा सकारात्मक उर्जा पैदा गर्छ, बिद्यार्थीहरु आकर्षित र पढ्न रुचाउने भएकोले पढाउदा हँसिलो भइ पढाउनु पर्दछ ।
३.मनमोहक, आकर्षक र रमाइलो वातावरणमा पढ्न बिद्यार्थीहरु रमाउने भएकोले शिक्षकहरुले मनमोहक र रमाइलो शिक्षण सिकाई  वातावरण सिर्जना गर्नु पर्दछ ।
४. शिक्षकले निःस्वार्थ रुपले बिना भेदभाव शिक्षा प्रदान गर्नु पर्दछ । कक्षामा सबैलाई समान व्यवहार गर्नु पर्दछ ।
५. शिक्षकले आफूले हाँसिल गरेको ज्ञानको आधारमा नभई बिद्यार्थीहरुको क्षमता बुझेर उनीहरुको क्षमता स्तरको आधारमा बोझ नहुने गरि पढाउनु पर्दछ ।
६.मैले के नै पाएको छु भन्ने मनोबृति त्यागी मैले देश निर्माणको लागि कर्मठ दक्ष जनशक्ति तयार  गर्दैछु भन्ने उदेश्यले पढाउनु पर्दछ ।
७.चित्र बस्तु शैक्षिक सामग्री प्रयोग गरि पढाउँदा बिद्यार्थीहरुले राम्ररी बुझ्ने भएकोले चित्र बस्तु र आवश्यक शैक्षिक सामाग्री प्रयोग गरि पढाउनु पर्दछ ।
८. १००% मा मानिसले केवल ३% क्षमता मात्रै प्रयोग गर्ने  भएकोले अधिकतम क्षमता प्रयोग गर्ने र गराउने गरि पढाउनु पर्दछ ।
 ९. मानिस कोहि पनि पूर्ण नहुने भएकोले शिक्षकहरु पनि कुनै बेला दोधारमा पर्न सक्छन त्यस्तो अवस्थामा गलत शिक्षा दिनु भन्दा यसको उत्तर भोलि दिन्छु भनी   खोज अनुसन्धान गरि पूर्ण तयारीका साथ अर्को दिन सहि उत्तर दिन असल र जिम्मेवार शिक्षकले लाज मान्नु पर्दैन ।
१०. खोज अनुसन्धान र पूर्ब तयारी गरेर  मात्र सिकाइ कार्य गर्नु पर्दछ ।
११. कृयाकलापूर्ण सिकाइ दिगो र रमाइलो हुने भएकोले शिक्षकहरुले आफ्नो ज्ञान सीप र क्षमतालाइ पूर्ण रूपले सिर्जनात्मक र कृयाकलापयुक्त शिक्षण सिकाइ कार्य गर्नु पर्दछ ।
१२. दैनिक पाठ योजनाको आधारमा पठनपाठन गराउँनु पर्दछ ।
१३. सिकाउने कार्य भनेको पूण्य कामका साथै जटिल काम भएकोले असल शिक्षकले आफूलाइ दूरुस्त पारीराख्न नयाँ नयाँ ज्ञान सीप सिक्दै ज्ञान बढाउदेै लैजान अध्यन अनुसन्धान  निरन्तर गरिरहनु पर्दछ ।
१४.शिक्षकहरू राष्ट्रको कर्णधार निर्माणकर्ता भएको नाताले देशकाल परिस्थिति अनुसार जस्तोसुकै अवस्थामा पनि दक्ष ,सक्षम, उपयोगी नागरिक उत्पादन गर्न ढृड संकल्प लिनु पर्छ । शिक्षा प्रणाली असफल काम नलाग्ने र अब्यबहारिक नै रहेछ भनेपनि परिमार्जन गर्दै पढाउन सक्ने क्षमता शिक्षकहरुमा हुन आवश्यक छ ।
१५. शिक्षकहरु समय बिताउने र तलब पकाउने उदेश्यले मात्र होइनकि सच्चा र देशभक्त नागरिक उत्पादन गर्न पढाउन आएको गर्व  महसुस गर्नु पर्दछ ।

बिद्यालय प्रशासन

१. बिद्यालय राम्रोसंग सन्चालन हुन बिद्यालय प्रशासनको ठूलो भूमिका रहेकोले सक्षम योग्य क्षमतावान कुशल र अनुशासित प्रशासक हुनु पर्दछ ।
२. प्रशाशक सबल सफल र प्रभाबकारी नेतृत्व निर्बाह गर्न सक्ने हुनु पर्दछ ।
३. असल चरित्रवान दक्ष योग्य र मानबीय शिक्षक छनोट गर्न सक्ने  क्षमता प्रशासकमा हुनु पर्दछ ।
४. बस्तु परिस्थितिको अध्ययन गरि कुनै पनि समस्या सामाधान गर्न सक्ने प्रशाशक हुनु पर्दछ ।
५. शिक्षक विद्यार्थी र अभिभाबकहरुको मन जित्न, संयोजनकारी भूमिका निर्बाह गर्न सक्ने  बिबेकी,निस्वार्थी, समान व्यवहार गर्न सक्ने, भेदभाब नगर्ने मनोबिज्ञान बुझ्ने , संयम, र सदाचारी प्रशासक हुनुपर्दछ ।
६. सबैको भलो चिताउने, कसैको चित्त नदुखाउने, शैक्षिक योग्यता र आचारण राम्रो भएको  प्रशाशक हुनु पर्दछ ।
७. साप्ताहिक, मासिक, त्रैमासिक र बार्षिक शैक्षिक कार्यक्रम बनाइ कार्यन्वयन गराउन सक्ने  प्रशाशक हुनु पर्दछ ।

समाज

मानिसहरुको जमातबाट समाज निर्माण हुने भएकोले समाजभित्र रहेका मानिसहरु समाज प्रति उत्तरदायी हुन्छ र उनिहरुले गर्ने हरेक कृयाकलापले समाज राम्रो या नराम्रो बाटोतिर अघि बढिरहेको हुने भएकोले समाजभित्रका हरेक मानिसहरूले देश बिकास र संबृध्दिको लागि अहम भूमिका खेल्न निम्न कुराहरु गर्न आवश्यक ठानिएको छ ।

१. हरेकले आफ्नो गाउँ टोल समाजमा बिद्यालयलाई संरक्षण संबर्धन र सहयोग गर्नुपर्दछ ।
२. आफ्नो र आफू मातहतका र छिमेकीहरुका नानी बाबुहरुलाई बिद्यालयमा भर्ना गराउन सहयोग गर्नु पर्दछ ।
३. बिद्यालयको प्रिन्सपल यो जातको त्यो जातको यो त्यो क्षेत्रको यो समुदायको यो राजनीति पार्टीको भनेर घेराबन्दी र असहयोग  गर्नु हुन्न ।
४.बच्चाहरुको उज्वल भबिष्यको लागि जाति धर्म समुदाय भाषा र राजनीतिको आधारमा भर्ना गराउनु हुन्न ।
५. शभ्य ढंगले बिना भेदभाव बिना पुर्बाग्रह  शिक्षालाई समान व्यवहार र सम्मान गर्नु पर्दछ ताकि बिद्यालयमा राम्रो शिक्षण सिकाइ वातावरण सिर्जना हुन सकोस ।
६. आफू निकटका  नराम्रोलाई पनि राम्रो अरुको राम्रोलाई पनि नराम्रो भनेर अन्याय गर्नु हुन्न ।

नेपालमा जबसम्म असल चरित्रको, अनुशासित,मेहनती, शभ्य, सकारात्मक सोंच भएको,मानबीय र नैतिकवान शिक्षक, विद्यार्थी,अभिभाबक र समाज अनि दुरदृष्टि राख्ने स्थिर सरकारको उत्पादनमुखि,  श्रमप्रति सम्मान गर्ने, दक्ष मानवशक्ति उत्पादन गर्ने, श्रमसित जोडिएको शिक्षा, बिभेदरहित, समाबेसी शिक्षा नीति हुदैन तबसम्म देशका नवजवानहरु बेरोजगार रहन्छन र बिदेशी भूमिमा लाखाँेैलाख युवाशक्तिहरु आफ्नो श्रम बेच्न बाध्य हुनेछन । यसर्थ कुनैपनि दलको सरकार होस देशलाइ समुन्नत बनाउने, आत्मनिर्भर बनाउने, उपयोगी जनशक्ति उत्पादन गर्न सक्षम हुने शिक्षा नीति लागू गरि शिक्षामा आमूल परिवर्तन ल्याउनु पर्दछ ।

फोटो: टिच फर नेपाल, ग्वोबल खबर, र फाइल फोटो | वेब 

(यो लेखकको निजि विचारमा आधारित लेख हो ।     लेखक राई विगत ४० वर्षदेखि शिक्षण सिकाई कार्यमा   संलग्न व्यक्ति हुन् ।)

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा