शुक्रबार, ११ जेठ, २०७५ Friday, 25 May, 2018

अन्तर्राष्ट्रिय उडान १२ बजेबाट सञ्चालनमा आयो

मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएपछि अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएको मालिन्दो एयरको जहाजलाई धावन मार्गबाट तानेर हटाइएपछि बन्द भएको अन्तर्राष्ट्रिय उडान शुक्रबार मध्याह्नपछि खुलेको छ । तस्वीर : प्रदीपराज वन्त, रासस

काठमाडौं, ७ वैशाख । मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमै धसिएर बन्द भएको अन्तर्राष्ट्रिय उडान बिहीबार (आज) मध्याह्न १२ बजेपछि सञ्चालनमा आएको छ । । 

मालिन्दो एयरको उक्त जहाज मलेशिया उडान भर्ने क्रममा बिहीबार १० बजेर ७ मिनेटमा रनवेबाट अनियन्त्रित भएर ४० मिटर कोटेश्वर खण्डको घाँसे मैदानमा पुगेको थियो । 

उक्त घटनापछि अन्तर्राष्ट्रिय उडान बन्द भए पनि आन्तरिकतर्फका उडान भने बिहानदेखि नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । 

मलेशिया उड्न लागेको मालिन्दो एयरको उक्त जहाजमा १३९ यात्रु रहेको विमानस्थलले जनाएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा