शुक्रबार, ११ जेठ, २०७५ Friday, 25 May, 2018

वाइसीएलले अर्को सशक्त सहायक संगठनको ३१ सदस्यीय समिती चयन गर्‍यो  

प्रथम सम्मेलन मुक्ती लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति चयन
फोटो: हेमचन्द्र राई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को यूवा संगठन वाइसीएल नेपालको ८ नम्बर प्रदेश अन्तर्गत गैरभौगोलिक १ नम्बर काठमाडौँ सम्पर्क जिल्लाको प्रथम सम्मेलन मुक्ती लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै काठमाडौँमा सम्पन्न भएको छ ।

वाइसीएल नेपालको नयाँ कार्यसमिति चयनसँगै आफ्नो संगठन विस्तार र प्रशिक्षणलाई तीब्र रुपमा दिंदै आएको छ । युवाहरुलाई राज्य निर्माणार्थ राजनीतिक चेतनासहित दायित्वलाई वहन गराउन वाइसीएल नेपालले  गैरभौगोलिकले संगठन निर्माण गरी ८ नम्बर प्रदेशको मान्यता दिइएको छ ।

नेकपा (माओवादी केन्द्र) को हेडक्वार्टर सदस्य नेता मणी थापाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनले ११ सदस्यीय पदाधिकारीसहित ३१ सदस्यीय जिल्ला समिती चयन गरेको छ ।

समितिको अध्यक्षमा मुक्ती लिम्बू निर्विरोध चयन भए भने उपाध्यक्षमा सुवास खड्का, राजेश लिम्बू, प्रकाश सुनुवार, सचीव आदेश रार्इ, सहसचिवमा अनिल थुलुङ, जयन्द्र गुरुङ, र कोषाध्यक्ष प्रभा राई निर्विरोध चयन भएका छन् ।सम्मेलनले अनुशासन आयोगको प्रमुखमा जम्बा शेर्पालाई चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि वाइसीएल केन्द्रिय फ्राक्सन इन्चार्ज मणी थापाले युवाहरुलाई प्रशिक्षित गर्दै भने, ‘अहिलेको आर्थिक अन्तरविरोध हल गर्ने पार्टी एकताको उदेश्य पनि हो । त्यो दिशामा सरकार र पार्टी जानुपर्छ । यदी त्यो दिशाम नजाने हो भने, पार्टी एकता प्रक्रियामा जटिलता थपिन सक्छ ।’

उनले थपे ‘यदी सुशासनसहितको समाज निर्माणमा युवाहरुले ध्यान नदिए देशको राष्ट्रियता नै खतरामा पर्नसक्छ ।’ पार्टी एकताको लागि पनि युवाहरु समाजको हरेक मुद्दाहरूमा पहलकर्ताको रुपमा अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद हेमकुमार रार्इ, पार्टी पोलिटब्युरो सदस्य मुकेश मुक्साहाङ लिम्बू लगाएतको उपस्थिति थियो । साथै वाइसीएलका महासचिव सुवोधराज सेर्पाली, सचीव पुर्ण भुजेल, कोषाध्यक्ष मिङमा डण्डु शेर्पा, सचिवालय सदस्य तथा एक नम्बर प्रदेश सह-इन्चार्ज एबिराज रार्इ तथा नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य आङदावा शेर्पा, वाइसीएल केन्द्रिय सदस्यहरु हेमचन्द्र राई र सीता नेपाली लगाएतको उपस्थिती रहेको ८ नम्बर प्रदेश अन्तर्गत १ प्रदेश सम्पर्क जिल्लाका इन्चार्ज हेमचन्द्र राईले जानकारी दिए ।

सम्वन्धित अर्को समाचार: 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा