आइतबार, ६ श्रावण, २०७५ Sunday, 22 July, 2018

हृदयचन्द्र स्मृति सम्मान इस्मालीलाई

हरेक वर्ष दिइने रु १० हजार राशिसहितको सो सम्मान यही वैशाख ८ गते प्रदान गरिने

काठमाडौं, १ वैशाख । साहित्य सदन नेपालले गत वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ आख्यानकार इस्मालीलाई दिने भएको छ । 


सदनका उपाध्यक्ष हेमनाथ पौडेलको संयोजकत्वमा विदुर चालिसे, मित्रलाल पंज्ञानी, सीता शर्मा र सीता भट्टराई सदस्य रहेको छनोट समितिले गरेको सिफारिसलाई सदनको कार्यसमितिले अनुमोदन गरेको थियो । 


चार दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील इस्मालीका दुई उपन्यास र चार कथासंग्रहलगायत कृति प्रकाशित छन् । हरेक वर्ष दिइने रु १० हजार राशिसहितको सो सम्मान यही वैशाख ८ गते प्रदान गरिने जनाइएको छ । 

स्रोत: राष्ट्रिय समाचार समिति। 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा