सोमबार, ५ कार्तिक, २०७५ Monday, 22 October, 2018

डिपिएल : धनगढीद्वारा काठमाडौंलाई १८२ रनको लक्ष्य

प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय
धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा शुक्रबार चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच खेल हुँदै । तस्वीर : रोशन सापकोटा, रासस |

धनगढी, ३० चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ । 

प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्यो । निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो । 

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए । 

बलिङतर्फ काठमाडौंका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए । 

अहिले काठमाडौं गोल्डेन्स १८२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।

स्रोत: राष्ट्रिय समाचार समिति।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा