सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

बाटो बन्द हुँदा सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका यात्रुहरु घुर्मीमा अलपत्र

दुईतिर बाटो बन्द भएपछि उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुईदिनदेखि अलपत्र परेका छन् ।
फाइल फोटो / वेब

ओखलढुंगा । दुईतिर बाटो बन्द भएपछि उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुईदिनदेखि अलपत्र परेका छन् । मानेभन्ज्याङ गाउँपालिका(६ मा पर्ने भाडारे खोलाको बाढीले सयौं सवारी रोकिएका छन् । त्यसैगरी उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीको कारण काठमाडौं तर्फ आउने सवारी सबै घुर्मी बजारमै रोकिएका छन् ।

अधिकांश यात्रुहरु सोलुखुम्बु, खोटाङ र ओखलढुंगाबाट काठमाडौं तर्फ आउने र जाने छन् । घुर्मी बजारमा यात्रुको भीड भएपछि बास बस्ने होटल भरिएर सुत्ने ठाउँ समेत नभएको सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेका एक यात्रु चतुर राईले टेलिफोनमा बताए । उनले खाना समेत पाइन छोडेको बताए ।

दुईदिन सम्म बाटोमा छेकिादा खर्च सकिँदै गएपछि यात्रुहरु विचल्लीमा परेका हुन् । बाटो खोल्नका लागि स्काभेटर ल्याउन अनुरोध गरेपनि कुनै निकायले नसुनेको गुनासो यात्रुहरुको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा