बुधबार, ४ मङ्सिर, २०७६ Wednesday, 20 November, 2019

मन्त्री पण्डितविरुद्ध चर्को नाराबाजी, राजीनामा मागे [भिडियो]

लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गरलगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थाले ।

 

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर नाराबाजी र कालो झण्डा देखाएका छन् ।

शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्रीले पण्डित आरक्षणविरोधी अभिव्यक्ति दिएको भन्दै उनीहरुले कार्यक्रमस्थलमै पसेर नाराबाजी र कालो झण्डा देखाएका हुन् ।

शुक्रबार बिहानै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषदको बैठक डाकिएको थियो । सो बैठकको अध्यक्षता गर्नका लागि मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए ।

आदिवासी जनजाति युवा विद्यार्थीहरु उत्तेजित भएर मन्त्री पण्डितको राजीनामा माग्दै उनीविरुद्ध चर्को नाराबाजी गरे । लालबाबु पण्डित राजीनामा दे, लोकसेवाको विज्ञापन खारेज गरलगायतका नारा लगाउँदै ती युवाहरुले बैठकस्थलभित्रै प्रवेश गरेर होहल्ला गर्न थाले ।  विद्यार्थीको समुहले मन्त्री पण्डित आदिवासी जनजाति, मधेशी, दलित, मुस्लिम, महिला, अपाङ्गता भएका र पिछडिएको क्षेत्र, र आरक्षणविरोधी भएको आरोप लगाएका छन् ।

कार्यक्रमस्थलमै पसेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रमस्थलबाटै बाहिर जान वाध्य बनाए । बैठकस्थलमै  हो–हल्ला र नाराबाजी हुनथालेपछि मन्त्री पण्डित भीडलाई छिचोल्दै मन्त्री क्वार्टरतर्फ लगेको प्रत्यक्षदर्शीले बताए ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले भने मन्त्रीमाथि अपमान र हुलदंगा भएपछि बैठक स्थगित भएको बताएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा