बुधबार, १२ बैशाख, २०७५ Wednesday, 25 April, 2018

वाइसीएलले युवाहरुलाई राज्य निर्माणार्थ दायित्व वहन गराउन प्रशिक्षण गर्ने

फाइल फोटो | वेब

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को यूवा संगठन वाइसीएल नेपाल (प्रदेश नम्बर-१ गैरभूगोल)ले यही बैशाख ५ गते काठमाडौंमा युवाहरुलाई राज्य निर्माणार्थ राजनीतिक चेतनासहित दायित्वलाई वहन गराउन प्रशिक्षणक कार्यक्रम आयोजना गर्ने भएको छ ।

वाइसीएल नेपालको नयाँ कार्यसमिति चयनसँगै आफ्नो संगठन विस्तार र प्रशिक्षणलाई तीब्र रुपमा दिंदै आएको छ । युवाहरुलाई राज्य निर्माणार्थ राजनीतिक चेतनासहित दायित्वलाई वहन गराउन वाइसीएल नेपालले  गैरभौगोलिकले संगठन निर्माण गरी ८ नम्बर प्रदेशको मान्यता दिइएको छ ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षणका लागि वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष दिपशिखा, महासचिव सुबोध शेर्पाली लगायतका भ्रातृसंगठनका केन्द्रीय युवा नेताहरु उपस्थिति रहने वाइसीएल नेपाल (प्रदेश नम्बर १ गैरभूगोल)का इन्चार्ज हेमचन्द्र राईले जानकारी दिए ।

गैरभूगोलमा आवद्ध भएका युवाहरुलाई वर्तमान समसायिक राजनीतिक सामाजिक विषयहरुमा प्रशिक्षणको  आवश्यकतालाई ध्यानमा राखेर यो कार्यक्रम आयोजना गर्न लागिएको इन्चार्ज राईले बताए । उनले यस संगठनसंग आवद्ध सम्पूर्ण युवाहरुलाई सहभागिताको लागि आव्हान समेत गरेका छन् ।

अध्ययन, विभिन्न पेशा, व्यवसाय, रोजगारको शिलशिलामा देशको विभिन्न भौगोलिक क्षेत्रबाट राजधानी आएका युवाहरुलाई राज्य निर्माणार्थ राजनीतिक चेतनासहित दायित्वलाई वहन गराउन यो कार्यक्रम गरिएको वाइसीएल नेपाल गैरभौगोलिकले जनाएको छ ।  

प्रदेश नम्बर १ गैरभूगोलका इन्चार्ज हेमचन्द्र राई

“चलायमान युवा संगठनहरुमध्येको एक वाईसिएल नेपालले भुगोल, गैरभुगोल र अन्तर्राष्ट्रिय स्तरमा तिब्र रुपमा संगठन सुसंगठित र प्रशिक्षाणात्मक कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ” राईले थपे ।

गौशलास्थित शिवम होटलमा हुने उक्त कार्यक्रममा नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदानसमेत गरिने कार्यक्रम रहेको छ ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा