सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

हिमालय बैंकको तीन अर्बको ऋणपत्र बिक्री हुने

बैंकले आज एक आह्वानपत्र सार्वजनिक गर्दै प्रतिकित्ता रु एक हजारका दरले ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो ।

 

काठमाडौं । हिमालयन बैंकले आगामी साउन २ गतेदेखि रु तीन अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको छ ।

बैंकले आज एक आह्वानपत्र सार्वजनिक गर्दै प्रतिकित्ता रु एक हजारका दरले ऋणपत्र बिक्री गर्न लागेको जनाएको हो ।

ऋणपत्र बिक्री बन्द छिटोमा आगामी साउन ६ र ढिलोमा साउन ३१ गतेसम्म तोकिएको छ । 

कूल बिक्री गर्न लागिएको ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् रु एक अर्ब २० करोड बराबर सर्वसाधारणलाई र रु एक अर्ब ८० करोड संस्थापक लगानीकर्तालाई छुट्याइएको छ । ऋणपत्र खरीद गर्न चाहनेले न्यूनतम २५ देखि अधिकतम ३० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ । सात वर्षपछि परिपक्व हुने सो ऋणपत्रबाट उठ्ने रकम बैंकले कर्जा सापटी र तरलता व्यवस्थापनमा लगानी गर्ने आह्वान पत्रमा उल्लेख छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा