आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

कहिलेकाहीँ रुँदा किन मन हल्का हुन्छ? यस्तो छ कारण [भिडियो]

रुनु आफ्नो भावना पोख्ने काम मात्र होइन । हाम्रो शरीर भित्र नै कठीन समयसँग जुझ्नका लागि उपलब्ध प्राकृतिक प्रकिया पनि हो ।
प्रतिनिधिमुलक फाइल फोटो : वेब

 

बीबीसी । तपाईँलाई दिक्क लागेका बेला या दुखाइका बेला ह्वाँ ह्वाँ रुनुले बेथा कम हुन सक्छ ।

रुनु आफ्नो भावना पोख्ने काम मात्र होइन । हाम्रो शरीर भित्र नै कठीन समयसँग जुझ्नका लागि उपलब्ध प्राकृतिक प्रकिया पनि हो ।

बीबीसीमा प्रकाशित समाचारका अनुसार वैज्ञानिकहरुले रुनुको विश्लेषण यसरी गरेका छन् ।

रुनु ठीक हो भन्नुका कारण छन् । हामीले तीन प्रकारका आँसु उत्पादन गर्छौँ । रिफ्लेक्स (प्रतिबिम्ब) विझाईरहेका वस्तु बाहीर निकाल्न सहयोग गर्छन् ।

आँखामै रहने तरल पदार्थ अर्थात आँसुले आखा रसिलो राख्न सहयोग गर्छन् । तर, रुवाईको आँसु तश्रो प्रकारको हो, जसलाई भावनात्मक आँसु भनिन्छ । सबै आँसुमा ईन्जाईम, प्रोटिन र भावनात्मक आँसुका साथसाथै  दुखाई कम गर्ने ईन्डोर्फिन जस्ता हर्मोहरु पनि हुन्छन् ।

रुवाईले शरिरमा उत्पन्न तनाव कम गर्न सहयोग पुर्‍याउन सक्छ । रुवाईले मुटुको चाल सुस्त बनाईदिन्छ र तनाव उत्पन्न गर्ने हर्मोन समाप्त पारिदिन्छ । तर, सबै रुवाई फाईदाकारी भने हुँदैन । जो आफु एक्लै रुन्छन् रोएकोमा ग्लानी अ गर्छन्, उनीहरु रोयपछि झन् नराम्रो महसुस भएको बताउँने गर्छन् ।

तर, जसले साथ पाएको महसुस गर्छन्, उनीहरु रोएपछि राम्रो महसुस गर्छन् । किनभने मान्छे सामाजिक प्राणी हुन् र आँसुले हामीलाई सहयोग पुर्‍याउँन सक्छ । हामीले कुनै कुरा प्रति लगाव राख्छौँ भन्ने सन्देश पनि त्यसैले दिन सक्छ । रुँदा मानिसमानिस बीच घनिष्ठता बढाउन मदत पुग्न सक्छ, तनाव र दुखाई कम हुन सक्छ । 

बीबीसी नेपालीका प्रकाशित भिडियो हेरौँ

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा