सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

मदन पुरस्कार-२०७५ का लागि ‘श्रेष्ठ सात’ पुस्तक घोषणा, कुन–कुन परे ?

यीनै सातवटा पुस्तकमध्येबाट एउटा सर्वोत्कृष्ट पुस्तकलाई ‘मदन पुरस्कार–२०७५’ प्रदान गरिनेछ । 

 

काठमाडौं । मदन पुरस्कार गुठीले २०७५ सालको मदन पुरस्कारका लागि विभिन्न सातवटा पुस्तकलाई ‘श्रेष्ठ पुस्तक–२०७५’ घोषणा गरेको छ । 

२०७५ को मदन पुरस्कारका लागि प्राप्त २ सय ५७ पुस्तकमध्ये गुठीले सातवटा पुस्तकलाई श्रेष्ठ पुस्तकका रुपमा छनौट गरेको हो । यीनै सातवटा पुस्तकमध्येबाट एउटा श्रेष्ठ पुस्तकलाई ‘मदन पुरस्कार–२०७५’ प्रदान गरिनेछ । 

गुठीले घोषणा गरेका श्रेष्ठ सात पुस्तकहरुमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्‍कल दोक्‍कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’ योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ रहेका छन् ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा