आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

भोजपुरमा प्रहरी र ‘विप्लव’ कार्यकर्ताबीच भिडन्त, प्रहरीसहित २ जना मारिए

प्रहरी जवान सन्जीव राई र विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राईको मृत्यु भएको हो।
फोटो । वेव

 

भोजपुर। भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज (बुधवार) विहान भोजपुर जिल्लाको भोजपुर नगरपालिका-७, हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । 

घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्नसाथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीका अनुसार ड्युटीमा रहेका प्रहरीमाथि बिहान ८ बजेर ३० मिनेटतिर आक्रमण हुँदा प्रहरी जवान सन्जीव राई र विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राईको मृत्यु भएको हो। प्रहरीले सो आक्रमणको प्रतिकारमा विप्लव कार्यकर्ता मारिएको दाबी गरेको छ।

विप्लव समूहका राईको साथबाट प्रहरीले पेस्तोलसमेत बरामद गरेको जनाएकाे छ। यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । प्रदेश नम्बर-१ प्रहरीले थप मद्दतका लागि टोली पठाएको छ। 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा