आइतबार, ६ श्रावण, २०७५ Sunday, 22 July, 2018

विश्वकै दुर्लभ बबुलप्रजाति अर्नाको गणना प्रारम्भ

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको बीच भागमा रहेको सप्तकोशीको सीमसार क्षेत्रमा अर्ना गणनाको तीनदिने अभियान...
तस्वीर : अजितकुमार झा | रासस

इटहरी, २८ चैत । कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ बबुल प्रजातिको अर्ना गणना मंगलबारदेखि प्रारम्भ गरेको छ । 

प्रत्येक दुई वर्षका अवधिमा वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार अर्ना गणना गरिँदै आएको छ । अघिल्लो दुई वर्षअघिको अर्ना गणनानुसार आरक्षमा ४३२ अर्ना थिए । एक वर्षअघि अर्नाको वंश संरक्षणका लागि वन्यजन्तु संरक्षण विभागको कार्ययोजनानुसार आरक्षबाट १३ अर्ना चितवन लगिएपछि अर्नाको संख्यामा कमी आएको हुनसक्ने अनुमान गरिएको छ । 

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको बीच भागमा रहेको सप्तकोशीको सीमसार क्षेत्र अर्थात् विश्व रामसार क्षेत्रमा पहिलो पटक सूचीकृत कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्षको अर्ना गणनाको तीनदिने अभियानको बराहक्षेत्र नगरपालिकाका प्रमुख नीलम खनाल र सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीले प्रारम्भ गरेका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा