बिहीबार, ५ मङ्सिर, २०७६ Thursday, 21 November, 2019

चिण्डोको प्रतिमा तोडफोड अतिवादीहरुको घृणित् ‘कु’कार्य: प्रतिष्ठान

किराती समुदायको साँस्कृतिक भावनासँग जोडिएको चिण्डोको प्रतिमालाई तोडफोड गर्नु अरुको अस्तित्व स्वीकार्न नचाहने अतिवादीहरुको घृणित् कु–कार्यको घोर भर्त्सना गर्दछौँ । 

 

सोलुखुम्बु । थुलुङ राई सांस्कृतिक प्रतिष्ठानले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाको सिमामा रहेको प्रवेशद्वारमाथिको चिण्डो तोडफोड गर्नेहरुको खोजी गरी कारबाही गर्न माग गरेको छ ।

प्रतिष्ठानले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अरुको सांस्कृतिक धरोहरमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको हो । प्रतिष्ठानका अध्यक्ष निर्कुधन राई र महासचिव पदम थुलुङले संयुक्त प्रेस विज्ञप्ती निकालेका हुन् ।

सिमामा बनाइएको स्वागतद्वाको गजुरमा राखिएको चिण्डोको प्रतिमालाई गत मंगलबार राति अज्ञात व्यक्तिहरुले तोडफोड गरेका थिए । प्रतिष्ठानले किराती समुदायको साँस्कृतिक भावनासँग जोडिएको चिण्डोको प्रतिमालाई तोडफोड गर्नु अरुको अस्तित्व स्वीकार्न नचाहने अतिवादीहरुको घृणित् ‘कु’कार्यको घोर भर्त्सना गर्दै  विज्ञप्तीमा भनिएको छ, ‘अपराधीहरुलाई कानुनको कठघरामा ल्याएर हदैसम्मको कारवाही गर्न नेपाल सरकार समक्ष थुलुङ राई सांस्कृतिक प्रतिष्ठान जोडदार माग गर्दछ ।’

प्रवेशद्वारमा स्थानीय सरकारको अगुवाइमा चिन्डो बनाइएको थियो । जुन आकर्षक समेत देखिएको थियो ।

यस खाले अतिवादीहरुलाई कारबाही नगरे तिनीहरुको मनोबल अझै बढ्न गई भविष्यमा अकल्पनीय घटना घटाउन सक्नेतर्फ समाजका विभिन्न तप्काका बुद्धिजीवी, नेता, राजनीतिक पार्टीसमक्ष समेत प्रतिष्ठान ध्यानाकर्षण गराएको छ ।

No photo description available.

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा