बुधबार, १२ बैशाख, २०७५ Wednesday, 25 April, 2018

बार्सिलोना रोमासंग ३-० ले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरियो, लिभरपुल सेमिफाइलमा

अवे गोलको आधारमा प्रतियोगिताबाट बाहिरिएको हो
फोटो: एएफपी | गेटटी ईमेज

आज बिहान सम्पन्न खेलमा रोमासंग ३-० को हार व्यहोरेको बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ। पहिलो लिगमा ४-१ को जित निकालेको बार्सिलोनाको रोमासंग समान ४-४ गोल अन्तर भए पनि अवे गोलको आधारमा प्रतियोगिताबाट बाहिरिएको हो।

उत्कृष्ठ पुनरागमन गरेको रोमाको लागि खेलको छैटौं मिनेटमा नै डेकोले गोल गर्दै रोमालाई अग्रता दिलाए। कमजोर खेल खेलेको बार्सिलोना विरुद्द ५६ औं मिनेटमा दे रोसिले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ८२ औं मिनेटमा मनालासले हेडीङ्ग मार्फत गोल गर्दै रोमालाई च्याम्पियन्स लिगको सेमिफाइनलको बाटो देखाए।

यसै साता ला लिगामा ३८ खेल अपराजित खेल खेलेको इतिहास बनाएको बार्सिलोना आजको खेलमा सबै क्षेत्रमा कमजोर साबित भयो। स्टार खेलाडीहरु मेसी, डेम्बेले र स्वारेज चल्न सकेनन् भने रोमाका खेलाडीहरु उत्कृष्ठ लयमा खेल्दै दुर्लभ तीन गोल अन्तरको पहिलो लिगको पराजयको पुनरागमन गर्न सफल भयो।

उता अर्को खेलमा इंगलिस क्लब लिभरपुलले अर्को इंगलिस क्लब म्यानचेस्टर सिटीलाई ५-१ को समग्र नतिजाले पराजित गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो । पहिलो लिगमा ३-० को जित निकालेको लिभरपुलले आजको खेलमा पनि २-० को जित हासिल गर्यो ।

आजको खेलमा लिभरपुलका लागि सलाहले ५६ औँ र फिर्मिनोले ७८ औं मिनेटमा गोल गरे भने उत्कृष्ठ सुरुवात गरेको म्यानचेस्टर सिटीका लागि खेलको दोस्रो मिनेटमा नै जिजसले गोल गर्दै खेलमा पुनरागमन गर्ने  सङ्केत देखाए पनि त्यसपछि थप गोल गर्न नसकेपछि प्रतियोगिताबाट बाहिरियो ।  

फोटो: एएफपी | गेटटी ईमेज

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा