मंगलबार, ३१ असार, २०७६ Tuesday, 16 July, 2019

पत्रकार तथा कवि संगीत स्रोता र रसुवाली कवि ठाकुरप्रसाद तिम्सेना पक्राउ

प्रहरीले स्रोता लाई काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार  पक्राउ गरेको हो ।

 

काठमाडौं । प्रहरीले नयाँ पत्रिका दैनिकका पत्रकार तथा कवि संगीत स्रोता भनेर चिनिएका यम क्षेत्रीलाई पक्राउ गरेको छ । 

प्रहरीले स्रोतालाई काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट बुधबार  पक्राउ गरेको हो ।

प्रत्यक्षदर्शी नयाँ पत्रिकाका पत्रकार दीपक सापकोटाले आरआर क्याम्पस अघि हिँडिरहेका बेला बर्दीधारी आठ–दस जनाको समूहका रहेका प्रहरीले केही बुझ्नु पर्ने भन्दै संगीत श्रोतालाई पक्राउ गरेको बताए । उनले भने, ‘पक्राउ परेपछि संगीतलाई महेन्द्र पुलिस क्लबभित्र लगेर केहीबेर राखे । अनि सिंहदरबार प्रहरी वृत्त पुर्‍याए ।’

पत्रकार तथा कवि संगीत स्रोता पक्राउको कारण भने खुलाइएको छैन । प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले उनी झुक्किएर पक्राउ परेको र छोडिसकिएको बताएका छन् ।

त्यसैगरी, आजै रसुवाली कवि ठाकुरप्रसाद तिम्सेनालाई पनि पक्राउ गरिएको छ । उनलाई यसअघि पनि प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहमा संग्लन रहेको आरोपमा पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा