सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

‘गलबन्दी’ विवाद टुंगियो, गायक सपुत र राईबिच ४ बुँदे सहमति

राईको देउसीभैलो गीतको लयसँग ‘गलबन्दी’को लय मिल्न गएकोले उक्त गीतको संगीत सिर्जना शम्भु राई हुने र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने सहमति भएको छ । 

काठमाडौं । गायक प्रकाश सपुतको लोकदोहोरी गीत ‘गलबन्दी’को लय गायक शम्भु राईको देउसीभैलो गीतको लयसँग मिलेको भन्दै केही सातादेखिको विवाद टुंगिएको छ ।

गायक सपुतलाई लय चोरीको आरोप लगाउँदै आएका राईले बुधबार चार बुँदे सहमती गरेर प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा विवादलाई टुंगाएका हुन् । 

राईको देउसीभैलो गीतको लयसँग ‘गलबन्दी’को लय मिल्न गएकोले उक्त गीतको संगीत सिर्जना शम्भु राई हुने र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने सहमति भएको छ । त्यस्तै, ‘गलबन्दी’ले कमाएको रोयल्टी, प्रतिलिपि अधिकार तथा आर्थिक अधिकार भने प्रकाश सपुतकै हुने र भविष्यमा गायक राईले उक्त गीतबाट कुनै आर्थिक अधिकारमा दावि गर्न नपाउने भएका छन् ।

त्यसैगरी, तेस्रो बुँदामा गायक राईले प्रतिलिपि अधिकार कार्यलयमा दिएको उजुरी फिर्ता लिने र अदालतको मुद्धा सहमतिकै आधारमा तामेलीमा रनखि फिर्ता लिने सहमति भएको छ ।

त्यस्तै, दुबै पक्षबिच सञ्चारमाध्यममा आएका टिका-टिप्पणीलाई सहमतिका आधारमा खण्डन गर्ने उल्लेख छ ।

Image may contain: 4 people, people sitting and indoor

गायक तथा सर्जक सपुतको मौलिक लोकदोहोरी गीत ‘गलबन्दी’ को लय गायक शम्भु राईको देउसीभैलो गीतको लयसँग मिलेको भन्दै केही साताअघि विवाद बाहिर आएको थियो ।

गायक तथा सङ्गीतकार राईले सपुतलाई लय चोरीको आरोप लगाउँदै आएका छन् । सोही विषयलाई लिएर सपुत र राईको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । जातिय विभेद झल्कने गरी सपुतमाथि गरिएको दुर्ववहारको विषय ससंद्मा समेत पुगेको थियो ।

No photo description available.

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा