मंगलबार, ३१ असार, २०७६ Tuesday, 16 July, 2019

नेपाली युवा अभियन्ता कन्चन अमात्यलाई अमेरिकामा प्रतिष्ठित 'राइस अवार्ड- २०१९' 

ललितपुर पाटन घर भएर हाल अमेरिकामा अध्ययन गर्दै गर्नुका साथै महिलाको आर्थिक सशक्तिकरणको लागि ''युएन वुमेन्स ग्लोवलच्याम्पियन'' मा  कार्यरत
फोटो: कन्चन अमात्य । फेसबुक

 

काठमाडौँ।  नेपाली युवा अभियन्ता एवं नेतृ कन्चन अमात्यलाई अन्तर्राष्ट्रिय विकासमा नेतृत्वदायी भुमिका निर्वाह गरेको तथा नविन अन्वेषणमा उल्लेख्य योगदान गरेकोमा अमेरिकाको प्रतिष्ठित २०१९ राइस अवार्ड(पुरस्कार) द्वारा सम्मानित भएकी छिन । उनलाई उक्त सम्मान अमेरिकास्थित वाशिंगटन डिसी स्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा सम्मानित प्रदान गरिएको हो ।

“म यो पुरस्कारद्वारा सम्मानित हुन् पाउँदा निक्कै उत्साहित भएकी छु, म यो सम्मान मेरो देश  नेपालका सम्पूर्ण  महिला र युवतिहरुप्रति समर्पण गर्न चाहन्छु साथै विश्वका ति सबैलाई सम्झन चाहन्छु जो परिवर्तन र समानताको लागि समर्पित भएर काम गरिरहनु भएको छ", अमात्यले पुरस्कारद्वारा सम्मानित भएपछि भनेकी छिन। 

ललितपुर पाटन घर भएर हाल अमेरिकामा अध्ययन गर्दै गर्नुका साथै महिलाको आर्थिक सशक्तिकरणको लागि ''युएन वुमेन्स ग्लोवलच्याम्पियन'' मा  कार्यरत अमात्यले अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेस समेत जिम्मेवारी पुरा गरिसकेकी छिन।

त्यस्तै उनी प्रतिष्ठित पत्रिका फोर्ब्सको  ''३० बर्ष मुनिका ३०'' सूचीमा समेत २०१८ मा परेकी थिइन्।  उनलाई अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टनद्वारा ''प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७'' द्वारा सम्मानित गरेका थिए । साथै उनलाई ''२०१७ एभ्रीडे योङ हिरो अवार्ड'' द्वारा पुरस्कृत गरिएको थियो भने उक्त पुरस्कार २५ बर्ष मुनिका १ सय जना मध्येमा उनी परेकी थिइन् ।

विगतमा उक्त  पुरस्कार ''दि ट्रु म्यान अवार्ड'' नाममा वितरण गरिन्थ्यो भने २००३ देखि राइस अवार्डको नाममा दिन थालिएको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा