सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

प्रदेश नं ५ : अर्थ विधेयक बहुमतले पारित

उक्त विधेयकमा विपक्षी दल नेपाली काङ्ग्रेसले असहमति जनाए पनि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको घोषणा गरे ।
प्रदेश नं ५ को प्रदेशसभामा सोमबार अर्थसम्बन्धी विधेयकको जवाफ दिँदै मुख्यमन्त्री तथा आर्थिक योजनामन्त्री शंकर पोखरेल । तस्वीरः युवराज पाण्डे ।

खस्यौली । प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ आज बहुमतले पारित भएको छ । 

उक्त विधेयकमा विपक्षी दल नेपाली काङ्ग्रेसले असहमति जनाए पनि सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित भएको घोषणा गरे ।

विधेयक पारित भएसँगै प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । मुख्यमन्त्री तथा आर्थिक योजनामन्त्री शङ्कर पोखरेलले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

यसअघि आइतबार प्रदेश विनियोजन विधेयक २०७६ सर्वसम्मतिले पारित भएको थियो । अर्थसम्बन्धी विधेयकको जवाफ दिँदै मुख्ययमन्त्री पोखरेलले सीमित विषयमा मात्रै राजश्व प्राप्त गर्ने विषय भएकाले सवारी साधनबाट बढी राजश्व सङ्कलन भएको बताए ।

चलचित्र, नाटकघर, मनोरञ्जनलगायतमा पाँच प्रतिशत कर लाग्ने जानकारी दिए । घर जग्गा कर रजिष्टे«शन शुल्क वृद्धि नभएको र थप सहुलियत दिन खोजिएको उनेल प्रष्ट पारे । सो अवसरमा विषेश समय माग्दै नेपाल कम्युनिष्ट पार्टीका सचेतक भूमिश्वर ढकालले स्थानीय पालिकाले लगाएको करमा जन गुनासो आएकोले सम्बोधन गरेर कतिपय कर हटाइएको बताए ।

प्रदेशसभा सदस्य कृष्णा केसीले बाँकेको नरेनापुर डुबानमा परेको, घर भत्केको र हुलाकी राजमार्गको पुल तथा कल्भर्टमा समेत क्षति पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य फकरुद्दिन खानले रुपन्देहीको गैडहवा गाउँपालिकाको हसनापुरमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटनाबारे सदनलाई जानकारी गराउँदै दोषीमाथि कारवाहीको माग गरे ।

सो अवसरमा प्रदेशसभा सदस्य दीपेन्द्र पुनमगर, तारा जिसी, अष्टभूजा पाठकलगायतले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा