सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

मगर भाषा र लिपिको पढाई  शुरु 

कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई मगर तथा इच्छुक अन्य जातिका विद्यार्थीलाई एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिने
प्रतिनिधिमुलक इलसट्रेसन । वेब

 

दाङ। तुलसीपुर उपमहानगरपालिका–१ स्थित वीरेन्द्र मावि भ्युडहर सुनपुरमा मगर भाषाको कक्षा सञ्चालन भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा शनिबारदेखि मगर भाषा कक्षा पढाउन शुरु गरिएको हो । 

नेपाल मगर सङ्घ तुलसीपुर–१ ले संस्कृति संरक्षणका लागि मगर भाषा कक्षा पढाइ शुरु गरेको सचिव हिमाल थापाले बताए । “पछिल्लो समय मगर संस्कृति, भाषा, लिपि, वेषभूषा हराउँदै गएको छ”, उनले भने, “यसलाई जोगाउन मगर भाषा कक्षा सञ्चालन गरेका हौँ ।” विद्यालयमा अध्ययन गर्ने मगर समुदायका बालबालिका तथा अन्य समुदायका बालबालिकालाई पनि मगर भाषा तथा लिपिका बारेमा जानकारी दिनका लागि यो कक्षा सञ्चालन गरिएको उनको  भनाइ छ ।

अहिले दाङमा प्राय बोल्ने गरिएको मगर ‘ठुट’ भाषा पढाउन लागिएको हो । कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई मगर तथा इच्छुक अन्य जातिका विद्यार्थीलाई एउटै कोठामा राखेर कक्षा सञ्चालन गरिने उनको भनाइ छ ।  

उक्त कक्षाको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गरेका थियो । “नेपाल बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक मुलुक हो”, उनले भने, “त्यसैले तुलसीपुरमा मगर भाषा कक्षा सञ्चालन हुनु लोकतन्त्रको सुन्दर पक्ष हो ।” रासस। 

प्राप्त प्रतिकृयाहरू
रामेश्वर बुढामगर लेख्नुहुन्छ २०७६ असार १० मंगलबार ०९:३३ am

एकदम स्रहानीय कार्य हो, हाम्रो भाषा,सस्कृती,भेष भुशा नयाँ पुस्तासम्म पुर्याउन अति आबश्यक छ तर मेरो एउटा गुनसो अथार मगरात क्षेत्रम रहेका मगर तथा गैर मगर लाई मगर खाम भाषामा अध्यापन गरिएको खण्डमा राम्रो हुन्थ्यो होला मगर दुत भाषामा अध्यापन गराउदा केहि जतिल्ता आउन सक्छ कि ?

थानेश्वोर गौतम लेख्नुहुन्छ २०७६ असार १० मंगलबार ०२:५२ am

नेपाल मा मउलिक भासा र ससकिर्ती हराइ सकेको छ बाहुन ले शसकिर्त मगर राई लिम्बू गुरुङ सबैले आफ्नो परम्परा भुली सके र बाहुन लाई दोस देखाउदै धर्म रुपान्तरण मौउलायेअको छ कसैलाइ दोस नलगाउ आफ्नो मौउलिक्ता आफै जोगाउनु होस।।

Tejendra pun लेख्नुहुन्छ २०७६ असार १० मंगलबार ००:०१ am

मगर भाषा मगरहरु रहेका सबै जिल्लामा संचालन हुनुपर्ने अवस्था देखियो

कुशल पुन मगर लेख्नुहुन्छ २०७६ असार ९ सोमबार ९:१७ pm

एकदमै खुशी को खबर हो यो।यस विषयमा मेरो पनि भरीपुर्ण सहमति छ।पछिल्लो समयमा अहिले का युवा पुस्ता ले मगरको छुट्टै पहिचान भाषा लिपी संस्कार संस्कृति रहेको हुदा सबैको उतिकै जिम्मेवारी बहन गरि आउने पुस्ता मा हस्तान्तरण गर्नु अति आबश्यक छ।र राजनीतिक हिसाबले पनि एक जुट हुन जरुरी छ।त्यसो गर्नाले जुन माथिको कुरा आयो यि यावत् कुराहरु ले अझै निरन्तरता पाउँने छ त्यसैले पनि हामीहरु एकजुट हुनुको बिकल्प छैन।

Kabiram_Magar लेख्नुहुन्छ २०७६ असार ९ सोमबार ८:४५ pm

very good news for all magar peoples in nepal thank you for providing news

bom magar लेख्नुहुन्छ २०७६ असार ९ सोमबार ११:४३ am

एक्दमै खुसिको कुरा हो यो पहल प्युठान मा पनि ल्याउनु पर्यो ।

नैना सिंह सुर्यबंशि मगर लेख्नुहुन्छ २०७६ असार ९ सोमबार ०८:०० am

हामी मगर हरु को भाषा हराउदै गयको छ र अरु जिल्ला मा पनि हुनु पर्यो ।

Yam rana लेख्नुहुन्छ २०७६ असार ९ सोमबार ०४:११ am

नयाँ पुस्तामा मगर भाषा बोल्ने बानी हराउदै जादा मगर भाषानै लोप हुने खतरा देखियेको छ। यस्तो अवस्थामा मगर भाषा सन्चालन धेरै राम्रो खुशी र सर्हानिय काम हो यो शुभकार्यले निरन्तरता पाईरहोस र नेपाल भरिनै यो कार्यको सुरुवात होओस भन्न चहन्छु।

बालाराम बाठा मगर लेख्नुहुन्छ २०७६ असार ९ सोमबार ०१:३८ am

धेरै राम्रो खुशी लाग्यो। आगामी सालमा मेरो छोरोलाई पनि पढाउने छु।

स्वागत पुन मगर लेख्नुहुन्छ २०७६ असार ८ आइतबार ८:४३ pm

लौ भ्याज चाउ टाके अरु पो ल नि छिटो ज चालू ओ टाँक सा

शँखर दर्लामी मगर लेख्नुहुन्छ २०७६ असार ८ आइतबार ६:२० pm

राम्रो लाग्यो यो मगर भाषा र लिपिको शुरु सिन्धुली जिल्लामा नी ल्याउनु पर्यो ...तर कसरी सकिन्छ ??

अमृत ब थापा मगर लेख्नुहुन्छ २०७६ असार ८ आइतबार ३:३४ pm

पत्ताकोके झोर्ले कानुङ ढुट परिस्के बिधालय खाेल्लिके डेमाेसेनाङ साहरइ खुशि सेय

Prem bahadur kamu लेख्नुहुन्छ २०७६ असार ८ आइतबार ३:०० pm

एइतिहासिक कदम को लागि धन्द्येबाद

रेसम थापा लेख्नुहुन्छ २०७६ असार ८ आइतबार १२:३७ pm

अरु जिल्ला मा नि हुनु पर्यो

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा