सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

काठमाडौँ 'बार' अध्यक्षमा युवा अधिवक्ता गौतमसहित तीन जनाको उम्मेदवारी

स्वतन्त्र उम्मेदवार गौतमले जेठ २५ गते डिलए निकट कानुन व्यवसायीहरुको भेलाबाट अध्यक्ष पदको लागि  उम्मेदवारीको घोषणा गरेका थिए ।
युवा अधिवक्ता रामचन्द्र (आरसी) गौतमको टोली अध्यक्ष पदमा उम्मेदवारी दर्ता पछिको सामुहिक फोटो । फोटो: फेसबुक । रामचन्द्र (आरसी) गौतम

 

काठमाडौँ । काठमाडौँ अदालत जिल्ला बार एकाइको यही असार १४ गते हुने निर्वाचनको अध्यक्षमा युवा अधिवक्ता रामचन्द्र (आरसी) गौतमसहित  तीन जनाले उम्मेदवारी दिएका छन् । 

लोकतान्त्रिक समूहबाट जगदीश घिमिरे,र प्रगतिशील समूहबाट कुमार आचार्यले पनि आज उम्मेदवारी दर्ता गरेको काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए।

 

 

स्वतन्त्र उम्मेदवार गौतमले जेठ २५ गते डिलए निकट कानुन व्यवसायीहरुको भेलाबाट अध्यक्ष पदको लागि  उम्मेदवारीको घोषणा गरेका थिए ।

लोकतान्त्रिक समूह सहसचिव लक्ष्मी सापकोटा र महिला दुई सदस्य प्रमिला कार्यस्थ र अञ्जना अर्याल निर्विरोध निर्वाचित भएको समेत निर्वाचन अधिकृत अधिकारीले जानकारी दिईन।    

नेपालकै सबैभन्दा धेरै दुई हजार ६०८ मतदाता रहेको सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला (दुई) र खुल्ला १२ जना गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा