बिहीबार, ५ मङ्सिर, २०७६ Thursday, 21 November, 2019

बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका

भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको छ ।
सांकेतिक फाइल फोटो / वेब

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको छ ।

एक सय १० जना क्षमता रहेको उक्त गृहमा हाल २० बालिका र १७० बालकसहित कूल १९० जना बालबालिका राखिएको बाल सुधार गृहका बाल अधिकार संयोजक सञ्जय राजन श्रेष्ठले जानकारी दिए ।

विभिन्न अपराधमा संलग्न रहेको अभियोगमा कानून बमोजिम सजायको भागिदार भएका बालबालिकाका लागि सञ्चालित बालसुधार गृहमा ठाउँ अभावका कारण बस्ने व्यवस्थामा समस्या परेको श्रेष्ठको भनाइ छ । बालबालिकाको खानपान, परामर्श र अध्ययन भने नियमित सञ्चालनमा रहेको उनले बताए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा