आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु

कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने दोस्रो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ ।
फाइल फोटो / वेब

काठमाडौं । कखरा ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने दोस्रो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता भोलिदेखि शुरु हुने भएको छ ।  

दुईदिने उक्त प्रतियोगितामा विभिन्न ३२ भन्दा बढी विद्यालयका विद्यार्थीको  सहभागिता रहनेछ । प्रतियोगितामा १६ वर्षभन्दा मुनीका विद्यार्थीले मात्र खेल्न पाउने प्रावधान छ ।

च्यासलस्थित नेशनल स्पोर्ट्स सेन्टरमा आयोजना हुने उक्त प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु ३० हजारसहित ट्रफी र पदक तथा  उपविजेताले रु २० हजारसहित पदक र ट्रफी पाउने छ । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकलाई ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा