बिहीबार, ५ असार, २०७६ Thursday, 20 June, 2019

नाटककार डिबी किरातीको ‘काँ जान्छौ तन्नेरी’ लोकार्पण

शिल्पि थियटरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि शताव्दीपुरुष सत्यमोहन जोशीले नाटककार किरातीको चौथो नाटक तथा तेहौँ कृति ‘काँ जान्छौ तन्नेरी’ नाट्यकृति लोकार्पण गरे ।

काठमाडौं । नाटककार डिबी किरातीको ‘काँ जान्छौ तन्नेरी’ नाट्यकृति एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

शिल्पि थियटरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि शताव्दीपुरुष सत्यमोहन जोशीले नाटककार किरातीको चौथो नाटक तथा तेहौँ कृति ‘काँ जान्छौ तन्नेरी’ नाट्यकृति लोकार्पण गरे ।

प्रमुख अतिथि शताब्दीपुरुष जोशीले संस्कृतिलाई माथि नउठाएसम्म देश समृद्ध नहुने बताए । उनले  नेपाल बहुसाँस्कृतिक देश भएको बताउँदै उनले भने, ‘ नेपालको बहुभाषा र संस्कृतिलाई सबैले माथि उठाउनुपर्छ ।’ 

नाटककार किरातीले तीन महिनाको छोटो अवधिमा दुई कृति बजारमा ल्याएका हुन् । उनले गत चैतमा प्रांगारिक कृषि डायरी बजाएका ल्याएका थिए ।  

नाटककार किरातीको काँ जान्छौ तन्नेरी’ भित्र ५ नाटकहरू सङ्ग्रहित रहेका छन् ।  बाहुनवाद, अर्थको अर्थ, काँ जान्छौ तन्नेरी ?, तिर्थ धाम जाऔँ पुण्य कमाऔँ र के हुन बाँकी छ ? नाटकमाथि समालोचक हेरम्बराज बांस्तोलाले टिप्पणी गरेका थिए ।
  

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा