बिहीबार, ५ असार, २०७६ Thursday, 20 June, 2019

काँग्रेस कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान

देशभर नै अरु पार्टीबाट काँग्रेस प्रवेश गर्नेको सङ्ख्या बढेसँगै अर्को निर्वाचनमा नेपाली काँग्रेसले सफलताका साथ विजय हासिल गर्ने देखिएको छ ।”
फाइल फाेटाे : रासस

ललितपुर । नेपाली काँग्रेसका सभापति  शेरबहादुर देउवाले काङ्ग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गरेका छन् ।

काँग्रेस ललितपुरले आज आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको आज समापन गर्दै सभापति देउवाले काँग्रेसका कार्यकर्ता एक भएर अघि बढेमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

“काँग्रेसले मिडिया स्वतन्त्रता, मानवअधिकारलगायत विषयमा जोड दिने छ”, सभापति देउवाले भने, “देशभर नै अरु पार्टीबाट काँग्रेस प्रवेश गर्नेको सङ्ख्या बढेसँगै अर्को निर्वाचनमा नेपाली काँग्रेसले सफलताका साथ विजय हासिल गर्ने देखिएको छ ।”

काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज पाण्डेले मुलुकलाई समृद्ध बनाउन सरकारमा काङ्ग्रेसको अभाव खड्किएको जनताले गुनासो गरिरहेको जिकिर गरे । काँग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले महँगी, अनियमितता र भष्टाचार नियन्त्रणमा काँग्रेस सदैव लागिपर्ने बताए ।

काँग्रेस तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले वर्तमान सरकारले प्रेस स्वतन्त्रता हनन गरेको आरोप लगाए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा