शनिबार, ७ भदौ, २०७६ Saturday, 24 August, 2019

सर्वोच्चको आदेशमा ज्ञानेन्द्र शाही रिहा

शाही भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय रहेका छन् ।

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको छ ।

न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासले शाहीलाई गैरकानुनी रुपमा थुनिएको भनी दायर गरिएको निवेदनमा शुक्रबार बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

पत्रकारमाथि गाली बेइज्जत हुने गरी अभिव्यक्ति दिएको आरोपमा सुर्खेतका पत्रकारहरुको जाहेरीका आधारमा मा प्रहरीले शाहीलाई पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध साइबर अपराधको आरोप लगाएको छ  । 

शाही भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय रहेका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा