शनिबार, ७ भदौ, २०७६ Saturday, 24 August, 2019

फिदिम बजारमा आगलागी हुँदा दुई घर जलेर नष्ट

फिदिम नगरपालिका–१ मेनरोडका कर्णबहादुर मगर र पूर्णबहादुर मगरका घर आगलागीमा जलेर पूर्णरुपमा नष्ट भएका हुन् । 
पाँचथरको सदरमुकाम फिदिम बजारमा बिहीबार दिउँसो संगीता राना मगरको घरमा भएको आगलागी । तस्बिरः विपुल अधिकारी

फिदिम । आज मध्याह्न फिदिम बजारमा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

फिदिम नगरपालिका–१ मेनरोडका कर्णबहादुर मगर र पूर्णबहादुर मगरका घर आगलागीमा जलेर पूर्णरुपमा नष्ट भएका हुन् । 

यहाँ रहेको मिठाई पसलबाट आगलागी शुरु भएको स्थानीयवासीको भनाइ छ । जेरी पकाउने क्रममा दिउँसो करीब सवा १ बजे आगो लागेको थियो । फिदिम नगरपालिकाको बारुणयन्त्रको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट दुई घरमा रहेका होटल तथा पसलका अतिरिक्त आसपासका दुई घरमा सञ्चालित पसलमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा