बिहीबार, ५ असार, २०७६ Thursday, 20 June, 2019

२१ महीने छोरीसहित आमाले गरिन् आत्महत्या !

उनले भने, “कोठाभित्र पूजा गरेर कोरीबाटी गरी राम्री भएर पहिला छोरीलाई झुण्डाएपछि आफू झुण्डिएको अनुमान गरियो ।”
प्रतिनिधिमुलक फाइल फोटो : वेब

ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका– बतासेडाँडामा बुधबार मुगु जिल्ला घर भएका २१ महीने छोरी राधिकासहित २९ वर्षीया आमा जानुका शर्माले दलिनमा झुण्डिएर आत्महत्या गरेकी छन् ।

“मुगुका अन्य व्यक्तिसहित यी महिला पनि ज्यालादारीको काम गर्थिन् । हिजो मध्याह्न १२ बजेसम्म काम गरिरहेकी शर्मा साँझमा देखा नपरेपछि अन्य साथीले खोजी गर्दा ढोका लगाएर बसेको थाहा पाएछन्”, महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले भने ।

उनले भने, “कोठाभित्र पूजा गरेर कोरीबाटी गरी राम्री भएर पहिला छोरीलाई झुण्डाएपछि आफू झुण्डिएको अनुमान गरियो ।” उनले दुई महीना अघि पत्नी र छोरीलाई छाडेर पति के कारणले घर गएका रहेछन् थाहा भएन बताए ।

असोजबाट पतिसहित यी आमाछोरी बतासेडाँडाका प्रेमप्रसाद घिमिरेको घरमा भाडा गरी बस्दै आएको महानगरीय प्रहरी चौकी कालेश्वरका प्रहरी सहायक निरीक्षक नागेन्द्र कुमारले बताए । आज बिहान शवपरीक्षणका लागि चापागाउँ ल्याइएको महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी उपरीक्षक राजकुमार खिउँजुले जानकारी दिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा