शनिबार, ७ भदौ, २०७६ Saturday, 24 August, 2019

१२ तस्वीरमा ‘इद उलफित्र’को रौनक

आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो ।
वीरगन्ज छपकैयामा बुधबार एक अर्कालाई अंगालो मार्दै इद उल फित्र (इद)को शुभकामना साटा–साट गर्दै मुस्लिम युवा । तस्वीर : बिजय कुमार महतो

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् ।

आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो ।

Image may contain: 7 people, people standing and weddingवीरगन्जको छपकैया इदगाहमा बुधबार इद उल फित्र(इद)को नमाजका क्रममा सबै नेपालीको सुःख, शान्ति र समृद्धीको मंगल कामना गर्दै मुस्लिम समुदाय । 
तस्वीर : बिजय कुमार महतो

यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र  मस्जिदमा पुगेर नमाज पढ्नाका साथै  गरीबलाई दान दिने गरेका छन् । 

Image may contain: 4 people, crowd and indoorइस्लाम धर्मावलम्बी को ’इद उलफित्र’ का अवसरमा काठमाडौँको घण्टाघरस्थित जामे मस्दिजमा नमाज पढ्दै । तस्वीर : रोशन सापकोटा,रासस

इद उलफित्र अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास व्यक्त गरेका छन् ।

Image may contain: 1 personइस्लाम धर्मावलम्बीको ’इद उलफित्र’को अवसरमा बुधबार काठमाडौँको घण्टाघरस्थित जामे मस्दिजमा प्रार्थना गर्दै । तस्वीर : रोशन सापकोटा,रासस काठमाडौँ

 त्यस्तै, सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद उलफित्रका अवसरमा शुभकामना सन्देश दिएका छन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उलफित्रको उपलक्ष्यमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

Image may contain: one or more people, crowd, sky and outdoorमुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’को अवसरमा नेपालगन्जस्थित इदगाहा मस्जिदमा सामुहिक नमाज गरिँदै । तस्वीर : काशीराम शर्मा 

 

Image may contain: 4 people, people smiling, people standing and outdoorमुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’को अवसरमा नेपालगञ्जस्थित इदगाहा मस्जिद परिसरमा शुभकामना आदानप्रदान गरिँदै । तस्वीर : काशीराम शर्मा ।

 

Image may contain: 5 people, people smiling, people standing and outdoorमुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’को अवसरमा नेपालगन्जस्थित इदगाहा मस्जिद परिसरमा शुभकामना आदानप्रदान गरिँदै। तस्वीर : काशीराम शर्मा ।

 

Image may contain: 6 people, people smiling, people standing, beard and outdoorमुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’को अवसरमा नेपालगन्जस्थित इदगाहा मस्जिद परिसरमा शुभकामना आदाप्रदान गर्दै शहरी विकासमन्त्री । तस्वीर : काशीराम शर्मा । 

 

Image may contain: 11 people, people sittingमुस्लिम समाज बाँकेले इस्लाम धर्मावलम्बीहरुको पवित्र महीना ‘इद उलफित्र’को अवसरमा नेपालगन्जस्थित इदगाहा मस्जिदमा सामुहिक नमाज गरिँदै । तस्वीर : काशीराम शर्मा ।

 

Image may contain: 3 peopleनुवाकोटको त्रिशूलीमा रहेका मुसलमानहरु बुधबार इदको अवसरमा सामूहिक नमाज पाठ गर्दै । तस्वीरः नवदीप श्रेष्ठ ।

 

Image may contain: 1 person, outdoorवीरगन्जको छपकैया इदगाहमा बुधबार इद उल फिर्त(इद)को नमाजका क्रममा सबै नेपालीको सुःख, शान्ति र समृद्धिको शुभकामना आदानप्रदान गर्दै । 
तस्वीर : बिजय कुमार महतो

 


Image may contain: one or more people, crowd and outdoorवीरगन्जको छपकैया इदगाहमा बुधबार इद उल फिर्त(इद)को नमाजका क्रममा सबै नेपालीको सुःख, शान्ति र समृद्धिको शुभकामना आदानप्रदान गर्दै । 
तस्वीर : बिजय कुमार महतो 
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा